New App Notice!

Counselling Method of Admission in AFU in Details!


AFU मा Admission process Counselling method बाट हुन्छ र AFU बाट Quota List अथवा UDF List हरु आउदैन .

Counselling method को meaning student ले आफै choose गर्ने हो आफुले कुन seat मा कुन college मा पढ्ने भनेर. अब AFU ले Notice मा ३ दिन लाइ rank १ देखि ६०० सम्मको students लाइ counselling मा बोलाएको छ. त्यसमा counselling यो अनुसार हुनेछ .

१. सबै भन्दा पहिला सबै counselling गर्ने विद्यार्थी लाइ counselling सुरु हुनु भन्दा अगाडी documents verify गर्न लगाउछ. तेसैले आफ्नो counselling भाको दिन मा AFU Dean office मा गएर सबै भन्दा पहिला documents verify गर्नुहोला. त्यहाको admission team ले हजुरहरुको documents check गरेर ठिक छ कि नाइँ verify गर्छन अनि documents सबै ठिक भएमा हजुरहरु counselling लाइ verified हुनुहुन्छ र हजुरलाई एउटा verified भाको कार्ड दिन्छन. Documents कुनै fake भएमा counselling मा छिर्न दिदैनन. 

२. सबै students को verification सकिएसी counselling सुरु हुन्छ. Documents verification चाही आफ्नो counselling हुने दिन मा मात्रै हुन्छ. अरु दिन मा verify गर्न पाईदैन. Counselling भनेकै Admission पनि हो . तेसैले counseling को दिन मा आफुलाई admission गर्दा लाग्ने पैसा पनि cash मा लिएर जानुहोला. Cash नै चाहिन्छ counseling को दिन मा admission गर्न लाइ. (Cheque does not work.) 
आवश्यक भर्ना शुल्कः
(१) Merit तथा कोटाहरु (Quota Seats) : रु. ५,०००
(२) UGC: शुल्क नलाग्ने (No cash required for students selected in UGC Seats.)
(३) CDF/UDF: रु. १,१०,००० + ५,००० = NRs. १,१५,००० (One Lakhs and Fifteen thousand).

UDF are paying seats in AFU Rampur and CDF are paying seats in other Affiliated Government colleges of AFU. The total fee for UDF/CDF is 2.2 Lakhs and 1.1 Lakhs should be paid at time of admission and remaining 1.1 lakhs at beginning of 3rd semester.

३. अब counseling process सुरु हुन्छ अनि merit rank सबै भन्दा अगाडी को student लाइ admission गर्न लाइ बोलाईन्छ. उसलाई कुन college मा कुन कुन प्रकार का कति ओटा seat बाकी छन् देखाईन्छ. अनि उसलाई अब कुन college मा कुन type को seat मा पढ्ने सोदिन्छ. 
Student ले उसलाई पढ्न मन भाको college मा merit seat बाकि छ भने त्यो choose गर्छन अथवा UGC seat मा पढ्न मन छ र seat बाकि छ भने त्यो choose गर्छन. यो process merit rank १ देखि सुरु हुन्छ र उसलाई त सबै option हुन्छन पढ्नलाइ, choose गर्नलाइ. उसले UGC अथवा merit seat choose गर्छन रामपुर मा अथवा अरु कुनै उसलाई पढ्न मन भाको affiliated college मा. उसले choose गरेपछि त्यो उसले choose गरेको एउटा seat pack हुन्छ, choose गरेको seat मा उसको admission हुन्छ र त्यो seat अर्को student लाइ option दिदा घटाइन्छ. Seat choose गर्ने बित्तिकै cash तिर्नुपर्छ र Admission त्यहिँ हुन्छ किनकि documents हरु counselling सुरु हुनु अगाडी नै verify गरिसकेको हुन्छ admission team ले . तेसैले आफुलाई चाहिने cash बोकेरै जानुहोला counseling मा छिर्नु अगाडी . 

४. एसरी पालै पालो students लाइ बोलाउदै seat choose गर्न लगाउदै admission गर्दै counseling process अगाडी बढ्छ र students ले choose गरेको seat घट्दै जान्छ अनि merit rank पछाडी भाको students लाइ option घट्दै जान्छन seat choose गर्ने . 

५. एसरी normally first मा AFU Rampur को merit seat र UGC seat pack हुन्छन . हामीले प्रत्यक दिन counselling process सकिएसी कति seat pack भए र कति बाकि छन्, App मा हालेर हजुरहरुलाई update गराउछौ so that students can be ready for the next counselling day.

Merit seat र UGC seat pack भएसी अब student ले choose गर्ने भनेको कि Rampur मा UDF seat हो कि आफ्नो Quota छ भने Quota seat हो कि चाहि affiliated college को merit seat हो . Quota seat choose गर्न online form भर्दा quota seat मा tick लगाएको र documents बुजाएको students लाई मत्रै दिइन्छ, अरुलाई त्यो option नै दिइन्न र quota को student नआएसम्म त्यो quota seat बाकी नै हुन्छ र जब पछी merit rank अनुसार counselling गर्दा कुनै quota student आएसी मत्रै उसलाई त्यो option दिइन्छ . तेसैले quota seat मा admission गर्न लाइ आफ्नो merit rank को पालो कुर्नुहोस counselling process मा . ढुक्क हुनुहोस हजुर भन्दा अगाडी quota भाको student छैनन् भने त्यो seat खालि नै हुन्छ अरु seat pack भएनी र merit rank पछाडी भएनी quota seat पाइन्छ . तेसैले quota भएको student ले आफ्नो merit rank भन्दा अगाडी quota भएको कोइ छन् कि नाइँ त्यो चाही check गर्नुहोला . quota कुनै student को छ कि नाइँ भनेर valid applicant लिस्ट हेर्दा थाहा हुन्छ त्यहाँ लेखेको हुन्छ कुनै student को quota छ कि नाइँ भनेर त्यसैले त्यहाँ हेर्नुहोला .


६. एसरी पालै पालो merit rank अनुसार counseling र admission हुन्छ . students लाई choose गर्न दिदा student ले जुन college मा नि choose गर्ने पाउछन बाकि भाको seat हरुमा . बाकि नभाको seat उसलाई choose गर्न option नै दिइन्न . एसरी student लाइ merit rank अनुसार सोध्दै उसको रोजाई अनुसार admission गरिन्छ र सबै college को seat बिस्तारै बिस्तारै pack हुदै जान्छन. 

Normally, First मा merit seat र UGC seat pack हुन्छन Rampur को, अनि तेसपछी कुनै student ले अरु affiliated college मा merit seat choose गर्छन भने कुनै student ले रामपुर को UDF choose गर्छन . आफ्नो quota छ भने quota seat choose गर्न पाइन्छ merit seat सकिएसी. 
एउटा कुरा चाही, suppose एउटा student को merit rank ७० छ रे अनि उसलाई rampur को merit seat option नि बाकि छ अनि उसको quota नि छ कुनै भने उसले चाही merit seat मा पढ्न पर्छ, quota चाही पछाडी को student लाइ option मा जान्छ. उसले merit छोडेर quota seat pack गर्दिनलाइ merit seat छोडेर quota seat pack गर्दिन्छु, अरुलाई quota seat दिन्न भनेर quota seat मा admission गर्न पाइदैन . 

 Counselling अर्न्तगत बिधार्थीहरु भर्ना गर्ने प्रकृया

१. योग्यताक्रमको सूची (Merit list) प्रकाशन गर्दा मेरिट लगायत अन्य समावेशी कोटाहरुको (प्रदेश, दलित, जनजाति, मधेसी, अपाङ्ग, शहिद परिवार, छात्रा) योग्यताक्रम सूचीहरु (Merit list) पनि छुट्टाछुट्टै प्रकाशन गरिनेछ ।
२. योग्यताक्रमको सूची प्रकाशन गरेको मितिमा नै पहिलो Counselling गर्ने मिति तय गरेर सूचना प्रकाशन गरिनेछ।
३. प्रत्येक Counselling समयमा बोलाईने विद्यार्थीहरु संख्या भर्ना समितिबाट तय गरिनेछ ।
४. संकाय र आंगिक कलेजहरुमा आवश्यक विद्यार्थी संख्याको आधारमा Counselling को संख्या भर्ना समितिबाट निर्धारण गरिनेछ ।
५. (क) Counselling हुने दिनमा निर्दिष्ट गरेर बोलाइएका सम्पूर्ण विद्यार्थीहरु स्वयं आफै प्रवेश पत्रको साथमा आवश्यक सम्पूर्ण प्रमाणपत्र, कागजातहरुको सक्कल प्रति, प्रवेश पत्रको साथमा भर्नाको लागि संकायले तोकेको भर्ना शुल्क लिए उपस्थित हुनुपर्नेछ । अन्यथा विश्वविद्यालय सम्बन्धित विद्यार्थीहरुलाई काउन्सिल कक्षमा प्रदेश गर्न दिइने छैन।
५ (ख) ५ (क) मा जे सुकै लेखिएता पनि स्वास्थ्यको कारणले उपस्थित हुन नसक्ने र किरियापुत्रीको हकमा सप्रमाण तथा reports हरु लिएर आधिकारिक अभिभावक उपस्थित भएको अवस्थामा काउन्सिल कक्षमा प्रवेश गराई नियमानुसार भर्ना प्रक्रियामा समावेश गराईनेछ ।
६. उपस्थित विद्यार्थीहरुले Counselling कक्षमा प्रवेश गर्नुपूर्व सम्पूर्ण प्रमाणपत्रहरु रुजु गराएर मात्र कक्ष भित्र प्रवेश गराइनेछ।
७. Counselling कक्षमा प्रवेश गराइसकेपछि सम्पूर्ण विद्यार्थीहरुलाई संकाय तथा आंगिक कलेजहरुको विषयमा जानकारीमूलक प्रस्तुतिकरण गरिनेछ ।
८. Counselling कक्षमा बोलाइएका सम्पूर्ण विद्यार्थीहरुलाई योग्यताक्रमको वरियता अनुसार क्रमशः विद्यार्थीहरुलाई संकाय र कलेज छनौट गर्न अवसर दिईनेछ ।
९. योग्यताक्रमको वरियतामा परेको विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको कलेजमा क्रमैसंग मेरिट, समावेशी र विश्वविद्यालय/कलेज विकासकोष कोटा छनौट गर्नुपर्नेछ र सो को प्राथमिकता भर्ना प्रक्रियाको सूचनाको आधारमा मात्र हुनेछ।
१०. काउन्सिलमा अनुपस्थित हुने तथा उपस्थित भएर पनि भर्ना नहुने विद्यार्थीलाई काउन्सिलका अन्य प्रक्रियाहरुमा सो विद्यार्थीहरुलाई समावेश गरिने छैन ।
११. योग्यताक्रमको वरियतामा मेरिट तथा समावेशी भर्ना हुन पाउने अवस्थामा सोही कलेजको तथा संकायको विकास कोषमा भर्ना हुन पाउने छैन ।
११. मेरिट पश्चात समावेशी कोटाहरुको हकमा विश्वविद्यालयले भर्ना प्रक्रियाको निमित्त प्रकाशित गरेको सूचनामा रहेको प्राथमिकताको आधारमा (क्रमश: प्रदेश, दलित, जनजाति, मधेसी, अपाङ्ग, शहिद परिवार, द्धन्दपिडित परिवार, छात्रा) मात्र हुनेछ ।
१२. Counselling मा उपस्थित विद्यार्थीहरुले सोही दिनमा नै भर्ना गर्नुपर्दछ ।र, सोही समयमा अनुसूची १ अन्तरगतको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।
१३. पहिलो Counselling मा आवश्यक विद्यार्थी संख्या पुरा नभएमा भर्ना समितिको निर्णयले अर्को Counselling को लागि मिति तय गर्नेछ ।
१४. भर्ना प्रक्रियामा विभिन्न समावेशी कोटाहरु रित्त रहन आएका सो कोटाहरुलाई समावेश गरी विश्वविद्यालय तथा कलेज विकास कोष अन्तरगत राखेर थप काउन्सिलको मिति तय गरेर काउन्सिल मार्फत सो रिक्त संख्या परिपूर्ति गरिनेछ।
१५. उपर्युक्त प्रक्रियामा भर्ना गर्दा आउन सक्ने समस्या समाधानको सम्पूर्ण अधिकार डीनको कार्यालय, कृषि संकायमा नीहित रहनेछ ।

Counselling Admission Process in simple words: 

Students and college admission team are in a office room. First Rank student come, choose either normal seat or UGC seat and choose the preferred college and get admission. Then again 2nd rank student follow the same procedure according to Merit Rank. So the choice is of students to read either in UGC Seat or Normal Scholarship seat and the student can also choose the college.

Counselling Admission process for Quota Seats:
Suppose, If your rank is 21 in Merit List and you have a quota, i.e. Janajati . Then you have to choose to get admitted in Counselling process in your Quota Seat in your turn according to merit rank after rank 20. 
Rank 1 देखि Counselling process सुरु हुन्छ । Quota नहुनेले त्यो seat choose गर्न पाउदैनन। जसको Quota हुन्छ उसले आफ्नो पालो आएसी Quota seat choose गर्ने हो counselling process मा.



Note : If you are a single minute late too in AFU Counselling mentioned date and time by AFU, you will lose your precious seat. So be punctual in Counselling Day.

Counselling अर्न्तगत बिधार्थीहरु भर्ना गर्दा पालाना गर्नु पर्ने नियमहरु

१. निर्दिष्ट गरिएको समयमा काउन्सिल कक्षको मूल गेट बन्द गरिनेछ र सो भन्दा पछाडि आउने विद्यार्थीहरुलाई प्रवेश दिईने छैन ।
२. भर्ना समितिले निर्दिष्ट गरेका कर्मचारी, प्राध्यापक तथा पदाधिकारी बाहेकका अन्य व्यक्तिलाई Counselling कक्षमा प्रवेश गर्न दिइने छैन ।
३. Counselling कक्षमा प्रवेश गरिसकेपछि भर्ना नहुन्जेल कोहि कसैलाई पनि बाहिर निस्कन अनुमति दिईने छैन।
४. Counselling कक्ष भित्र होहल्ला गर्ने, अनुचित व्यहार तथा आचरण प्रर्दशन गर्ने विद्यार्थीहरुलाई संकायले भर्ना गर्न बाध्य हुने छैन ।
५. भर्ना भईसकेपछि सोही दिन भर्ना विद्यार्थी संख्याको सूची प्रकाशित गरी बाँकि सिट अद्यावधिक गरी अर्को Counselling को लागि मिति तय गरी सूचना प्रकाशित गरिनेछ ।
६. UGC कोटा अन्तरगत भर्ना हुन चाहने विद्यार्थीहरुलाई विश्वविद्यालयले प्रकाशित गरेको सूचना अनुसार थप कागजपत्रहरु समेत निर्दिष्ट गरेको ढाँचामा सम्बन्धित स्थानिय निकायबाट Counselling आउदा लिएर आउनुपर्नेछ । र, अन्त्यमा यस कार्यविधिको संशोधन, व्याख्या लगाएतको सम्पूर्ण अधिकार भर्ना समितिमा नीहित रहेको छ ।



Previous Post Next Post