New App Notice!

Entrance Notice for BSc General Science in IOST, TU 2077-78


B.Sc. भर्ना २०७७ का लागि आवेदन फर्म भर्ने सम्वन्धि सूचना

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा वार्षिक परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह B.Sc. २०७७ मा भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागी निम्नानुसारको प्रवेश परिक्षा कार्यक्रम प्रकाशित गरिएको छ ।

प्रवेश परिक्षा सम्बन्धी कार्यक्रम :
१. आवेदन फारम वितरण : २०७७ साल माघ २९ गते देखि यस विज्ञान तथा प्रविधि अध्ययन संस्थानको Website : www.tuiost.edu.np बाट आवेदन फारम Download गरि फाराम भर्न सकिनेछ ।
Form Download : Click Here

२. आवेदन फारम बुझाउने अन्तिम मिति : अध्ययन गर्न चाहेको सम्बन्धित क्याम्पसमा २०७७ साल फाल्गुण २८ गते सम्म। दोव्वर दस्तुर तिरि फारम बुझाउने अन्तिम मिति : २०७७ साल चैत्र ५ गते सम्म ।

३. प्रवेश परिक्षा शुल्क : रु. ९००।- (परिक्षार्थीले प्रवेश परिक्षा शुल्क त्रि.वि., विज्ञान तथा प्रविधि अध्ययन संस्थानको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं.०४५००१०००९९१०७०००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्नुपर्ने छ।)

४. प्रवेश परिक्षा हुने मिति र समय : २०७७ साल चैत्र १४ गते शनिवार
Biological Group : विहान ८:०० बजे देखि १०:०० बजे सम्म ।
Physical Group : दिउँसो ११:०० बजे देखि १:०० बजे सम्म ।

Also Visit this for Past Questions and Model Question set collections.

५. प्रवेश परिक्षा केन्द्र : पछि प्रकाशित गरिने छ।

६. प्रवेश पत्र वितरण : आफुले फारम भरेका क्याम्पसहरुबाट मिति २०७७ चैत्र ४ गते देखि ।

७. कक्षा संचालन : २०७७ साल चैत्र २७ गते देखि ।

८. विद्यार्थीले आवेदन फारम भर्दा +2 वा सो सरह (विज्ञान) को परिक्षा उतिर्ण गरेको Document ,विदेशी बोर्ड तथा CTEVT को हकमा पाठ्यक्रम विकाश केन्द्र , सानोठीमीबाट प्राप्त समकक्षता पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

९. आवेदनका लागि न्यूनतम योग्यता: I.Sc., +2 Science, A level वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्ने । Biological Group मा अध्ययनका लागि Chemistry, Biology, Physics र English मा २००/२०० पूर्णाड.कको अध्ययन गरी माथि उल्लेखित प्रत्येक विषयमा Final Grade C र Physical Group का लागि Chemistry, Math, Physics र English मा २००/२०० पूर्णाड.कको अध्ययन गरी माथि उल्लेखित प्रत्येक विषयमा Final Grade C (ग्रेड प्वाइन्ट २) ल्याई उतिर्ण गरेको हुनुपर्ने छ । A level को लागि न्यूनतम E ग्रेड हुनुपर्ने छ।

१०. प्रवेश परीक्षा पास गरेका विद्यार्थीहरुले निर्धारित कोटाभित्र रही मेरिट बेसिसका आधारमा जुन सुकै क्याम्पस/कलेजहरुमा भर्ना हुन सक्नेछन् ।

११. उपरोक्त कार्यक्रम अनुसार भर्ना हुने विद्यार्थीहरुको वार्षिक परीक्षा २०७८ पौष महिनामा हुनेछ । आवेदन फारम तथा अन्य जानकारीका लागि यस कार्यालयको Website : 
www.tuiost.edu.np मा हेर्नुहोला।

Note: If possible color print of the application form is preferred.

For full Information, Click Here.


Previous Post Next Post