New App Notice!

Important Notice for IAAS TU BSc Ag/Hrt 2077-78 Form Filled Students!


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं

कृषि/वागवानी स्नातक (B.Sc.Ag./Hort.) तहमा विद्यार्थी भर्नासम्बन्धी अतिरिक्त सूचना

प्रकाशित मिति २०७७/११/०३

शैक्षिक वर्ष २०७७१०७८ को लागि यस अध्ययन संस्थानअन्तर्गत संचालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययन गर्न चाहने विद्यार्थी हरुका लागि मिति २०७७ १०/१५ गते प्रकाशित सूचनामा तपशिल अनुसारको परिमार्जन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. आवेदन तथा प्रवेश परीक्षा शुल्कः
कृषि बागबानी स्नातक तहको लागि खुला आवेदन फाराम शुल्क र परीक्षा शुल्क गरी एकमुष्ट रु. ४५००।- आरक्षित कोटाको लागि रु.५००/- थप शुल्क बुझाउनु पर्ने उल्लेख गरिएकोमा मिति २०७७/११/१३ गतेको भर्ना समितिको निर्णयानुसार आरक्षित कोटाको लागि तोकिएको उक्त शुल्क नलिने र शुल्क बुझाएका विद्यार्थीहरुको हकमा शुल्क फिर्ता गरिनेछ । शुल्क फिर्ता लिनको लागि मिति २०७७/११/१५ गते बाहेक मिति २०७७/११/०६ गतेदेखि मिति २०७७/११/२० गतेसम्म निवेदन र सक्कल भाउचरसहित डीन कार्यालयको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु पर्नेछ ।

२. क्याम्पस छनौट सम्बन्धमाः
शैक्षिक वर्ष २०७७/०७८ मा विद्यार्थीहरु भर्ना हुनको लागि अध्ययन संस्थानअन्तर्गतका ४ वटा आंगिक क्याम्पस (गौरादह, लमजुङ्ग, पक्लिहवा र रामपुर) लाई आवेदन दिने समयमा नै प्राथमिकताको आधारमा १, २, ३ र ४ नम्बर दिई क्याम्पस छनौट गर्नु पर्ने सूचना प्रकाशित गरिए पनि शैक्षिक वर्ष २०७७/०७८ को लागि मेरिटको आधारमा भर्नाको समयमा क्याम्पस चयन गर्न सकिनेछ ।

३. आरक्षित कोटासम्बन्धी कागजात सम्बन्धमाः
मिति २०७७/१०/१५ गतेको प्रकाशित सूचना आरक्षित कोटामा आवेदन दिएका आवेदकहरुको हकमा आरक्षित कोटाको अतिरिक्त शुल्क नलिने निर्णय भएको हुँदा मिति २०७७/११/०३ गतेभित्र आरक्षित कोटामा फाराम बुझाइएका आवेदकहरुको हकमा आरक्षित कोटा थप गर्न चाहेमा आवेदकहरुले इमेल ( iaasoffice2077@gmail.com ) मा सम्बन्धित निकायले प्रमाणित गरेको पत्र र निवेदनमा नाम, जन्म मिति र मोवाइल नम्बर उल्लेख गरी मिति २०७७/११/०५ देखि मिति २०७७/११/१० गतेसम्म कार्यालय समयभित्र इमेलमार्फत पठाउन हुन जानकारी गराईन्छ । तोकिएको समय भन्दा पछि आएका इमेलप्रति कार्वाही गरिने छैन । थप जानकारीका लागि मिति २०७७/१०/१५ गतेको सूचना हेर्नु होला।

फोनः 01-४२२०५००/४३३०६०० 





Previous Post Next Post