New App Notice!

PU Colleges Entrance Form - 2077/78 for Ag, Vet, Forestry


पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकाय, स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षाको आवेदन फारम भर्ने सम्बन्धी सूचना (प्रकाशित मिति २०७७।१०।११ गते आइतवार)

पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तगर्तका आंगिक एंव सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा संचालित स्नातक तहका BE (Civil, Computer, Electronics & Communication, Electrical, Geomatic, Biomedical), B. Arch., B.Sc. (Hons.) Ag., B. V. Sc. & AH, B. Sc. Biotechnology, B. Tech. Biotechnology, B. Tech. Food Technology, B.Sc. Forestry, BCA, BIT एवं PGDCA शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७७/०७८ (सन् २०२०) मा नयां विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा संचालन गरिने भएकाले उल्लेखित शैक्षिक कार्यक्रमहरुमा आवेदन फारम खुल्ला गरिएकाले भर्ना हुन चाहने इच्छुक आवेदक परीक्षार्थीहरुले सम्बन्धित शैक्षिक संस्थाहरुमा आवेदन फारम भरी बुझाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१ फारम शुल्क : रु.१,५००। ( एक हजार पाँच सय मात्र )

२ प्रवेश परीक्षा फारम भर्ने/भराउने मिति तथा समय :
क. इच्छुक आवेदक परीक्षार्थीहरुले भर्ना हुन चाहेको क्याम्पस/कलेजमा मिति २०७७।१०।२५ गते आइतबार सम्ममा तोकिएको शुल्क एवं आवश्यक कागजातहरु समावेश गरी निर्धारित आवेदन फारम भरी सम्बन्धित क्याम्पस/कलेजमा बुझाइसक्नु पर्ने छ।

ख. सम्बन्धित क्याम्पस/कलेजहरुले मिति २०७७१०।२७ गते मंगलवार दिनको ४ बजे भित्र आवेदित परीक्षार्थीहरुको आवेदन फारम, आवेदन फारम संगै सम्बन्धित परीक्षार्थीहरुले बुझाएको आवश्यक शैक्षिक प्रमाणपत्र एवं अन्य कागजातहरुलाई क्याम्पस/कलेजबाट प्रमाणित गरी सो को प्रमाणित फोटोकपी आवेदकहरुको नामावली विवरण वर्णानुकम (Alphabetical order) शैक्षिक प्रमाणपत्रहरुको स्पष्ट कुल प्राप्तांङ प्रतिशत खुलेको (Pen drive वा C.D. मा समेत राखी) र नियमानुसारको फारम शुल्क रकम नबिल बैंक विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको खाता नम्बर १२६०१०१७५०००७९ मा, मिति २०७७१०।२५ गते भित्र जम्मा गरेको सक्कल बैंक भौचर लगायत क्याम्पस/कलेजको आधिकारिक पत्र सहित पू.वि. विज्ञान तथा प्रविधि संकाय विराटनगरमा अनिवार्यरुपमा बुझाइ सक्नु पर्ने छ । साथै दोब्बर दस्तुर तिरी मिति २०७७।१०।३० गते शुक्रवार सम्ममा सम्बन्धित शैक्षिक संस्था मार्फत परीक्षार्थीले फारम भर्न सकिने छ र सो दोब्बर दस्तुर वापत बुझाएका फारमहरु सम्बन्धित शैक्षिक संस्थाले मिति २०७७११।०२ गते आइतवार दिनको ४ बजे भित्र एकमुष्ठ रकम बैंक जम्मा गरेको सक्कल भौचर पू.वि. विज्ञान तथा प्रविधि संकाय विराटनगरमा आइपुग्ने गरी अनिवार्य बुझाइ सक्नु पर्ने छ । साथै बैंक भौचर र परीक्षार्थीको संख्या फरक भएको पाइएमा उक्त फारम लिन विश्वविद्यालय बाध्य हुने छैन ।

ग. फारम शुल्क बुझाई सकेका क्याम्पस/कलेजहरुले पुनः शुल्क बुझाउनु पर्ने छैन । तर दोब्बर दस्तुरको समयावधिमा फारम बुझाउने क्याम्पस/कलेजहरुले दोब्बर दस्तुरको शुल्क भने बुझाउनु पर्नेछ ।

घ. रित नपुगी आएका आवेदन फारम र आवश्यक कागजातहरु अपूग भई आएका परीक्षार्थीहरुको फारम रद्द भएमा सो को जिम्मेवार सम्बन्धित परीक्षार्थी वा सम्बन्धित क्याम्पस/कलेज नै हुने छ ।

ङ. आवेदन फारमको पछाडि पट्टी प्रमाणपत्रहरुको विवरण अनिवार्य रुपमा उल्लेख गरी आवेदकको हस्ताक्षर सहित सम्बन्धित क्याम्पस/कलेजले प्रमाणित गरी पठाउनु पर्ने छ । यसरी प्रमाणित नभएका फारमहरु रद्द भएमा सो को जिम्मेवार सम्बन्धित परीक्षार्थी वा क्याम्पस/कलेज नै हुने छ ।

च. सम्बन्धित क्याम्पस/कलेजहरुले आवेदन फारम बुझाउँदा अक्षयकोष बुझाएको प्रमाणपत्र, ठाँउसारी, नाम परीवर्तन, स्वामित्व परिवर्तन गरेको भए सो को स्वीकृति पत्र समेत बुझाउनु पर्ने छ।

३ आरक्षित छात्रवृत्ति र सो सम्बन्धी व्यवस्था :

पू.वि. छात्रवृत्ति सम्बन्धि व्यवस्था २०७५ बमोजिम विश्वविद्यालयबाट १० प्रतिशत (५ प्रतिशत जेहेन्दार र ५ प्रतिशत आरक्षित) छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको र आरक्षित छात्रवृत्तिका लागि निम्न अनुसारको व्यवस्था गर्नु पर्ने छ ।

क. प्रत्येक क्याम्पस/कलेजले प्रवेश परीक्षाको आवेदन फारम वितरणसंगै क्याम्पस/कलेजमा एउटा छुट्टै छात्रवृत्ति सेल (इकाई) खडा गरी/गराई सो मार्फत इच्छुक आवेदक परीक्षार्थीहरुलाई छात्रवृत्तिको लागि छुट्टै आवेदन फारम वितरण गर्ने वा संकलन गर्ने कार्य गर्नु पर्ने छ ।

ख. छात्रवृत्तिका लागि आवेदन गर्न इच्छुक आवेदक परीक्षार्थीहरुले भनी हुन चाहेको कलेज/क्याम्पसमा तोकिएको शुल्क सहित छात्रवृत्तिका लागि निर्धारित छुट्टै रंग(निलो) को आवेदन फारम भरी सोका लागि आवश्यक सम्पूर्ण प्रमाणपत्र, सम्बन्धित निकायको सिफारीस एंव अन्य आवश्यक कागजातहरुको सक्कल प्रति संलग्न गरी आवेदन फारम भरी बुझाउनु पर्ने छ ।

ग. सम्बन्धित क्याम्पस / कलेजले छात्रवृत्तिका लागि नियमानुसार आवेदन बुझाएका आवेदित परीक्षार्थीहरुको छुट्टै विवरण, आवेदन फारम, आवेदन फारमसंगै सम्बन्धित परीक्षार्थीहरुले बुझाएका आवश्यक शैक्षिक प्रमाणपत्र वा अन्य कागजातहरुको सक्कल प्रति अध्ययन गरी क्याम्पस/कलेजबाटै प्रमाणित गरी सोको विवरण बर्णानुकम (Alphabetical order) शैक्षिक प्रमाण पत्रहरुको स्पष्ट कुल प्राप्तांक, प्रतिशत खुलेको (Pen drive वा C.D.) मा समेत राखी) र नियमानुसारको शुल्क रकम जम्मा गरी सो को सक्कल बैंक भौचर लगायत क्याम्पस/कलेजको आधिकारिक पत्र सहित बुझाउनु पर्ने छ।

४. प्रवेश परीक्षा मिति २०७७ साल फाल्गुन ७ र ८ गते संचालन हुनेछ । शैक्षिक कार्यक्रम अनुसारको प्रवेश परीक्षा तालिका एवं परीक्षा केन्द्र सम्बन्धी विस्तृत जानकारी पछि प्रकाशित गरिने छ ।

५. पू.वि. को निर्णयानुसार प्रत्येक शैक्षिक कार्यक्रममा भर्नाका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी विस्तृत जानकारी सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त गर्न सकिनेछ । साथै सो सम्बन्धी जानकारी www.pufost.edu.np मा पनि हेर्न सकिने छ ।

६. यस संकाय अन्तर्गतका आंगिक एंव सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरु निम्न बमोजिम रहेका छन ।

सि.नं. -  कलेज/क्याम्पसको नाम

१. श्री पू. वि. स्कूल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी (PUSET), विराटनगर ।
२. श्री गिरिजा प्रसाद कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिर्सच सेन्टर (GPCAR), मोरङ ।
३. श्री पू. वि. कलेज अफ इन्भायरामेन्ट एण्ड फरेष्ट्री (PUCEF), मोरङ ।
4. श्री नेपाल पोलिटेक्निक इन्ष्टिच्यूट लि. (NPI), भरतपुर, चितवन ।
5. श्री गोमेन्द्र बहुमुखी महाविद्यालय, विर्तामोड, झापा ।
६. श्री कलेज अफ वायोमेडिकल इन्जिनियरीङ्ग एण्ड एप्लाईड साइन्सेज (CBEAS), काठमाण्डौं ।
7. श्री हिमालयन इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (प्रा.) लि.(HIST), काठमाण्डौं ।
8. श्री सेन्ट्रल इन्जिनियरीङ्ग कलेज, जनकपुर ।
९. श्री ख्वप इन्जिनियरीङ्ग कलेज (KEC), लिवाली, भक्तपुर ।
१०. श्री हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज (HWIC), काठमाण्डौं ।
११. श्री कलेज अफ इनफरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरीङ्ग (CITE), काठमाण्डौं ।
१२. श्री एक्मी इन्जिनियरीङ्ग कलेज, काठमाण्डौं ।
१३. श्री आर्यन स्कूल अफ इन्जिनियरीङ्ग, काठमाण्डौं ।
१४. श्री कान्तिपुर सिटी कलेज, पुतलीसडक, (KCC) काठमाण्डौं ।
१५. श्री इष्टर्न कलेज अफ इन्जिनियरीङ्ग, विराटनगर ।
१६. श्री कलेज अफ एप्लाईड फुड एण्ड डेरी टेक्नोलोजी (CAFODAT), काठमाण्डौं ।
१७. श्री कान्तिपुर इन्टरनेश्नल कलेज (KIC), ललितपुर ।
१८. श्री किष्ट कलेज अफ इनफरमेशन टेक्नोलोजी (KIST), काठमाण्डौं ।
१९. श्री हिमालयन कलेज अफ जियोमेटिक इन्जिनियरीङ एण्ड ल्याण्ड रिशोर्स मेनेजमेन्ट, काठमाण्डौं ।
२०. श्री मोर्गन इन्जिनियरीङ एण्ड म्यानेजमेण्ट कलेज, काठमाण्डौं ।
२१. श्री हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (HICAST), काठमाण्डौ ।
२२. श्री सान इन्टरनेशनल कलेज, काठमाण्डौं ।
२३. श्री कान्तिपुर भ्याली कलेज (KVc), ललितपुर ।
२४. श्री हिलसाइड इन्जिनियरीङ्ग कलेज, काठमाण्डौं ।



CONSTITUENT CAMPUSES (Colleges Name with their Websites)

S.N.     Name of Campus
1 P.U.SCHOOL OF ENGINEERING & TECHNOLOGY
2 GP KOIRALA COLLEGE OF AGRICULTURE & RESEARCH CENTRE (GPCAR)
3 P.U.COLLEGE OF MEDICAL AND ALLIED SCIENCES
4 MANAGEMENT CAMPUS
5 CENTRE FOR POPULATION AND DEVELOPMENT


AFFILIATED COLLEGES

S.N.     Name of Campus
1 DEVDAHA COLLEGE OF SCIENCE & TECHNOLOGY
2 ANNAPURNA MULTIPLE CAMPUS
3 KANTIPUR VALLEY COLLEGE
4 KANTIPUR ACADEMY OF HEALTH SCIENCE
5 INNOVATIVE COLLEGE OF HEALTH SCIENCE PVT. LTD.
6 SANN INTERNATIONAL COLLEGE FOR HIGHER STUDIES
7 SOUTH ASIAN SCHOOL OF TOURISM & HOTEL MANAGEMENT
8 SAGARMATHA MULTIPLE COLLEGE
9 NATIONAL ACADEMY FOR MEDICAL SCIENCE
10 GOGRAHA COLLEGE
11 OM HEALTH CAMPUS (P.) LTD.
12 SANN INSTITUTE OF NURSING PVT. LTD. (SION)
13 MADAN ASHRIT MEMORIAL MULTIPLE CAMPUS
14 PUBLIC CAMPUS
15 HIMALAYAN COLLEGE OF AGRICULTURAL SCIENCES AND TECHNOLOGY
16 DHARAN COLLEGE OF MANAGEMENT
17 GOMENDRA MULTIPLE COLLEGE
18 HIMALAYA KIRAN PUBLIC CAMPUS
19 KASTURI COLLEGE
20 HIMALAYAN INSTITUTE OF SCIENCE & TECHNOLOGY
21 KIST COLLEGE OF INFORMATION TECHNOLOGY
22 KATHMANDU DON BOSCO COLLEGE
23 UNIQUE EDUCATIONAL ACADEMY PVT. LTD.
24 BIRAT HEALTH COLLEGE AND RESEARCH CENTRE
25 BIRGANJ PUBLIC COLLEGE
26 HAMRO SCHOOL OF NURSING
27 HIMALAYAN OPEN EDUCATIONAL SOLUTIONS PVT.LTD.(HOPE)
28 COLLEGE OF BIOMEDICAL ENGINEERING & APPLIED SCIENCES (CBEAS)
29 BAL KUMARI COLLEGE
30 COLLEGE OF APPLIED FOOD AND DAIRY TECHNOLOGY
31 COLLEGE OF INFORMATION TECHNOLOGY AND ENGINEERING
32 KANTIPUR CITY COLLEGE
33 KANTIPUR INTERNATIONAL COLLEGE
34 INSTITUTE OF OPEN LEARNING
35 KASTHAMANDAP SCHOOL OF PUBLIC AFFAIR MANAGEMENT
36 KATHMANDU ACADEMY OF TOURISM AND HOSPITALITY
37 KADAMBARI MEMORIAL COLLEGE OF SCIENCE & MANAGEMENT
38 KATHMANDU MODEL HOSPITAL SCHOOL OF NURSING, PHECT
39 MAN, MANAGEMENT DEVELOPMENT CAMPUS
40 YETI HEALTH SCIENCE ACADEMY
41 SANJEEVANI COLLEGE OF MEDICAL SCIENCES
42 VALLEY COLLEGE OF TECHNICAL SCIENCES
43 SHREE MEDICAL & TECHNICAL COLLEGE
44 LITTLE BUDDHA COLLEGE OF HEALTH SCIENCE
45 KARNALI COLLEGE OF HEALTH SCIENCES
46 SHEPHERD COLLEGE OF MEDIA TECHNOLOGY
47 CENTRAL ENGINEERING COLLEGE
48 MODEL PURBANCHAL COLLEGE
49 EVEREST COLLEGE OF NURSING
50 SAPTARISHI HEALTH SCIENCE COLLEGE
51 NORVIC INSTITUTE OF NURSING EDUCATION PVT. LTD.
52 MOTHER MEMORIAL COLLEGE
53 LAXMI BALLAV NARSINGH MULTIPLE CAMPUS
54 JANAKI COLLEGE OF MANAGEMENT PVT.LTD.
55 POLYGON COLLEGE
56 ZENITH INTERNATIONAL COLLEGE
57 OASIS MEDICAL COLLEGE TEACHING HOSPITAL & RESEARCH CENTER
58 NEPAL POLYTECHNIC INSTITUTE
59 GATEWAY COLLEGE OF PROFESSIONAL STUDIES
60 MORGAN ENGINEERING & MANAGEMENT COLLEGE
61 SUSHMA KOIRALA MEMORIAL TRUST
62 EDENBURGH INTERNATIONAL COLLEGE
63 D.A.V. BUSINESS SCHOOL
64 ANNAPURNA COLLEGE
65 ARYAN SCHOOL OF ENGINEERING
66 LUMBINI ADARSHA DEGREE COLLEGE
67 PRESIDENCY COLLEGE OF MANAGEMENT SCIENCES
68 KSHITIZ EDUCATIONAL FOUNDATION
69 SHREENAGAR INTEGRATED COLLEGE
70 ROYAL SOFTTECH COLLEGE
71 ASIAN FOUNDATION FOR EDUCATION AND RESEARCH
72 B & B MEDICAL INSTITUTE
73 HIMALAYAN COLLEGE OF GEOMATIC ENGINEERING & LAND RESOURCES MGMT
74 YETI MULTIPLE COLLEGE PVT. LTD.
75 KASTHAMANDAP COLLEGE OF MANAGEMENT
76 COLLEGE OF DEVELOPMENT STUDIES
77 JANATA ADARSHA MULTIPLE CAMPUS
78 SAPTARISHI MULTIPLE COLLEGE
79 DEVAKI COLLEGE OF MANAGEMENT & SCIENCES
80 SUNGAVA BAHUMUKHI COLLEGE
81 CALIBER INTERNATIONAL COLLEGE
82 NAGARIK COLLEGE OF HEALTH SCIENCES
83 CHARAK ACADEMY
84 SINHA HEALTH FOUNDATION PVT.LTD.
85 BHERI NURSING COLLEGE
86 NONA KOIRALA MEDIA COLLEGE
87 ALKA HOSPITAL PVT.LTD.
88 ASIAN COLLEGE OF MANAGEMENT & TECHNOLOGY
89 TOPPER ENGINEERING & MANAGEMENT COLLEGE
90 MAYADEVI TECHNICAL COLLEGE (INSTITUTE)
91 NOVEL ACADEMY
92 EVEREST MULTIPLE COLLEGE PVT.LTD.
93 SOUTHWESTERN BUSINESS COLLEGE
94 NEPAL INSTITUTE OF HEALTH SCIENCES
95 CHAKRABARTI HABI EDUCATION ACADEMY PVT. LTD.
96 COLLEGE OF JOURNALISM AND MASS COMMUNICATION
97 DAMAULI COLLEGE
98 SILKROAD INTERNATIONAL COLLEGE
99 NATIONAL MULTIPLE COLLEGE
100 KATHMANDU SCHOOL OF LAW
101 TRIBHUWAN CAMPUS
102 EASTERN COLLEGE OF ENGINEERING
103 KOSHI HEALTH AND SCIENCE CAMPUS PVT.LTD.
104 BRIGHT VISION COLLEGE
105 KRISHNA MEDICAL AND TECHNICAL RESEARCH CENTRE PVT.LTD.
106 N.P.I. NARAYANI SAMUDAYIK HOSPITAL LTD.
107 ARYAN SCHOOL OF MANAGEMENT
108 NAMUNA COLLEGE OF FASHION TECHNOLOGY
109 NATIONAL COLLEGE FOR ADVANCED LEARNING
110 KHWOPA ENGINEERING COLLEGE
111 KARFOK BIDYA MANDIR MULTIPLE CAMPUS
112 HIMALAYAN WHITEHOUSE INT'L COLLEGE
113 ST. XAVIER'S COLLEGE OF SOCIAL WORK
114 AAYAAM INTERNATIONAL COLLEGE
115 ACME ENGINEERING COLLEGE
116 HILLSIDE COLLEGE OF ENGINEERING



Previous Post Next Post