New App Notice!

Purbanchal University Entrance Exam Merit List, Admission Notice and Notice for Withheld Students 2077


Merit List

Click in 'Download' available in Side of College Name. You will see there Merit List of all fields of that college.

Admission Notice

पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायद्वारा शैक्षिक शत्र २०७७/०७८ का लागि मिति २०७७/११ - ०७ र ०८ गते सम्पन्न स्नातक तहको प्रवेश परीक्षाको योग्यताक्रम सूची (Merit List) अनुसार उत्तीर्ण भएका आवेदकहरूबाट मिति २०७७ साल फाल्गुण मसान्त भित्र सम्बन्धित क्याम्पस/कलेजले पू. वि. विज्ञान तथा प्रविधि संकाय प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्बन्धी विनियमावली २०७७ अनुसार तोकिएको शैक्षिक मापदण्ड अनुसारको योग्यताका प्रमाणपत्रहरू बुझिलिई विद्यार्थी भर्ना गराई सक्नु पर्ने र भर्ना भएका विद्यार्थीहरूको विवरण मिति २०७७/१२।०३ गतेभित्र शैक्षिक कार्यक्रम अनुसार खुलाई सम्बन्धित संकाय डीनको कार्यालयमा पठाईसक्नु पर्नेछ । 
कुनै क्याम्पस/कलेजले विश्वविद्यालयको उक्त मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना लिएमा स्वयम् विद्यार्थी र सम्बन्धित क्याम्पस कलेज जवाफदेहि हुनेछ ।

Withheld मा रहेका परीक्षार्थीहरूले सम्बन्धित कलेज/क्याम्पसहरूमा सर्पक राखि विश्वविद्यालयको मापदण्ड अनुसारको शैक्षिक योग्यताका कागजातहरू बुझाउनु पर्ने र सम्बन्धित क्याम्पस कलेजले उक्त कागजातहरू प्रमाणित गरी मिति २०७७/१२।०४ भित्र पू. वि. विज्ञान तथा प्रविधि संकाय डीनको कार्यालयमा उपलब्ध गराउनु पर्नेछ । Withheld मा रहेका परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित भए पश्चात कोटा (सीट) रीक्त भएको अवस्थामा मात्र त्यस्ता परीक्षार्थीहरू सम्बन्धित कलेज/क्याम्पसमा भर्ना हुन सक्ने छन् तर कुनै किसिमको छात्रवृतिका लागि योग्य हुने छैनन् ।



Previous Post Next Post