New App Notice!

2nd Admission List of BSc Ag, IAAS, TU 2077-78.


त्रिभुवन विश्वविद्यालय
डीको कायाला
कीर्तिपुर, काठमाडौं, नेपाल

विद्यार्थी भर्नाको लागि दोश्रो नामावलि प्रकाशित गरिएको सम्बन्धी सूचना

प्रकाशित मिति: २०७७/१२/०८

शैक्षिक वर्ष २०७७१०७८ को लागि यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक क्याम्पसहरुमा कृषि विज्ञान विषयमा स्नातक तहमा भर्नाका लागि दोश्रो नामावली यसै सूचना साथ संलग्न गरी प्रकाशन गरिएको छ । 

दोश्रो नामावलीमा नाम प्रकाशित भएका विद्यार्थीले भर्नाको लागि भर्ना शुल्क नेपाल बैंक लिमिटेडको कृप.वि.अ.सं. UG खाता नं. ०४५००१००१०४०१९०००००३ मा रु.६,५७३/- जम्मा गरी सोको सक्कल भौचर भर्ना हुँदा बुझाउन पर्नेछ । 

भर्ना हुने विद्यार्थीले मिति २०७७/१२/११ गते दिनको ११ बजे यस अध्ययन संस्थानको स्मृती भवन स्थित कार्यलयमा अनिवार्य उपस्थित हुनु पर्नेछ । 
मेरिट क्रमकै आधारमा विद्यार्थीले क्याम्पस चयन गर्नेछन् । मेरिट क्रममा भएका कुनैपनि विद्यार्थी तोकिएको समयमा आइ नपुगेमा मेरिट क्रम अनुसार भर्ना प्रक्रिया अगाडि वढाइनेछ । यसरी बिद्याथी भर्ना भईरहेका बखत तोकिएको मेरिट संख्या नपुगेको अवस्थामा अगाडि मेरिट कमका रहेका विद्यार्थीहरु आइपुगेमा भर्ना प्रक्रिया जहा पुगेको छ सोही स्थानवाट भर्ना लिईनेछ तर कोटा पूरा भईसकेको अवस्थामा अगाडि मेरिट कमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन ।

भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु ल्याउनु पर्नेछ ।
  • क) रकम जम्मा गरेको बैंक भौचर ।
  • ख) नेपाली नागरिकताको प्रमाणपत्र ।
  • ग) एस. एल. सी. को लब्धाङ्कपत्र ।
  • घ) १०+२ वा प्रमाणपत्र तहको लब्धाइपत्र (Transcripts) |
  • ङ) १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र Migration Certificate) वा TU registration card । यदि स्थानान्तरण प्रमाणपत्र त्रि बि.का आंगिक क्याम्पसमा वुझाई सकेको भए सो क्याम्पसबाट स्थानान्तरण प्रमाणपत्र बुझि लिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
  • च) त्रि.वि. वाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।
  • छ) आरक्षित कोटाका सिफारिस पत्रहरु ।

द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भनां प्रयोजनको लागि मान्य हुने छैन । विद्यार्थी स्वयं आफु उपस्थित हुन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाता खुलेको प्रमाण पेश गरी भर्ना गर्न सकिनेछ ।

फोन : ९७७-१-४३३०५००/४३३०६००; 
इमेल : info@iaas.edu.np



Previous Post Next Post