New App Notice!

Admission Form and Notice of BSc Forestry, KAFCOL, Kathmandu Forestry College, TU 2077.


काठमाडौं फरेष्ट्री कलेज
KATHMANDU FORESTRY COLLEGE


स्थापना: २०६२ / Estd: 2005

मितिः २०७७।१२।११

भर्ना आवेदन सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा वन विज्ञान अध्ययन संस्थान किर्तिपुर ले संस्थान अन्र्तगत शैक्षिक सत्र २०७७-२०८१ मा स्नातक तहमा अध्ययन को लागि आवेदन दिएका उम्मेदवारहरु मध्ये सो अध्ययन संस्थान बाट मिति २०७७।१२।१० गते प्रकाशित प्रवेश परीक्षाको नतिजा बमोजिम उक्त प्रवेश परीक्षा उत्तिर्ण भएका र यस कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले मिति २०७७-१२-२२ गते अपरान्ह ३ बजे भित्र कलेजमा सम्पर्क राखी निवेदन फाराम दस्तुर रु. १०० बुझाई तोकिए बमोजिमको ढाँचामा निवेदन फाराम भरि बुझाउनु हुन अनुरोध गरिन्छ।

निवेदन को साथमा प्रवेश परीक्षाको प्रवेश पत्र पेश गर्नुपर्नेछ । 

उपरोक्त बमोजिमका निवेदकहरु मध्ये बाट प्रवेश परीक्षाको नतिजाको योग्यताक्रमको आधारमा यस कलेजलाई प्राप्त कोटामा भर्नाका लागि उम्मेदवारहरुको छनौट गरि प्रथम सूची मिति २०७७१२।२३ मा प्रकाशन गरिने छ । उपरोक्त बमोजिम छनौट भएका उम्मेदवारहरु ले मिति २०७७।१२।३० गते ३ बजे सम्ममा प्रथम किस्ता बापतको फी रकम रु. १,१६,८००।- (एक लाख सोह्र हजार आठ सय मात्र) र दुर्घटना बीमा बापतको वार्षिक रकम रु. ७००।- (सात सय) समेत गरि जम्मा रु. १,१७,५००।- (एक लाख सत्र हजार पाँच सय मात्र) यस कलेजको नबिल बैंक लिमिटेड, ग्वार्को शाखामा रहेको कल खाता नं. ५००६०१७५००००६ मा जम्मा गरि बैंक भौंचर यस कलेजको लेखा शाखामा बुझाई भर्ना भई सक्नुपर्ने व्यहोरा समेत अग्रिम जानकारी गराइन्छ ।

थप जानकारी का लागि कलेजमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ ।


Contact Address:
अमरावती मार्ग, कोटेश्वर, काठमाडौं,
पोष्ट बक्स नं. १२७६,
फोन नं. १७७-१-५१४७२११,
फ्याक्सः ५७७-१-५१४७०४६

Amarawati Marg, Koteshwor, Kathmandu, Nepal,
P.O. Box: 1276
Tel.: 977-1-5147211,
Fax: 977-1-5147046,
Email: mail@kafcol.edu.np
Website: http://www.kafcol.edu.np



Previous Post Next Post