New App Notice!

BSc AG/Hrt Admission Notice of IAAS, TU 2077 in Government and Private Colleges for Scholarship, Quota and Paying Seats.

 

त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको, कार्यालय
कीर्तिपुर, काठमाडौ


स्नातक तहमा विद्यार्थी भर्नासम्बन्धी सूचना 

प्रकाशित मिति २०७७/१२/०३

Note - You can download PDF file or Photos of this notice in the end or below of this same page.

शैक्षिक वर्ष २०७७-७८ को लागि यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस कलेजहरुमा कृषि बागबानी विज्ञान विषयमा स्नातक तहमा भर्ना गर्न मिति २०७४/१०/१५ गते प्रकाशित सूचनाको बुंदा नम्बर ९ मा उल्लेख भएको भर्ना शुल्क, भर्ना प्रक्रिया र भर्ना तालिका सम्बन्धी विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. विद्यार्थी भर्ना तालिकाः
(क) भर्नाको आधारः प्रवेश परीक्षाको उत्तिर्णाङ्क ५० (५० प्रतिशत) हुनेछ । प्रवेश परीक्षाको प्राप्ताङ्कलाई नै १००% अंकभार दिईनेछ । सोको आधारमा सबै कोटामा मेरिट योग्यताक्रमको आधारमा सूची तयार गरी प्रकाशित गरिनेछ । प्राप्ताङ्ग प्रतिशत बराबर भएमा १०+२ वा सो सरहको प्रतिशत ग्रेड, सो पनि बराबर भएमा एस.एल.सी. वा सो सरहको प्रतिशत ग्रेड र सो पनि बराबर भएमा क्रमशः बायोलोजी, केमेस्ट्री, अंग्रेजी, गणित तथा फिजिक्स विषयको प्रतिशत/ग्रेड हेरी बढी प्रतिशत ग्रेड ल्याउनेलाई भर्ना गरिनेछ । मेरिट क्रमाङ्ग मिति २०७७/१२/०४ गते प्रकाशित गरिनेछ।

(ख) मेरिट भर्ना प्रक्रिया, नामावली प्रकाशन र भर्ना समय : मेरिट भर्नाको लागि मिति २०७७/१२/०५ गते भित्र चारवटै आगिक क्याम्पसको लागि १०६ जनाको प्रथम नामवाली प्रकासित गरिने छ । अन्य नामावाली तालिका १ अनुसार हुने छ ।

तालिका १. 
मेरिट कोटाहरुमा भर्ना तालिका विवरण

1. प्रथम 
भर्ना नामवली -  २०७७/१२/०८ गते, ११ बजे - १०६ जनाको नामावली प्रकाशन
2. दोस्रो भर्ना नामवली - २०७७/१२/११ गते, ११ बजे प्रथम नामावलीमा खाली भएको संख्या मात्र 


भर्ना नामावलीमा नाम प्रकाशित भएका विद्यार्थीले भर्नाको लागि तोकिएको मितिमा दिनको ११ बजे यस अध्ययन संस्थानको स्मृती भवन स्थित कार्यलयमा अनिवार्य उपस्थित हुनु पर्नेछ । मेरिट कमकै आधारमा विद्यार्थीले क्याम्पस चयन गर्नेछन् । मेरिट क्रममा भएका कुनैपनि विद्यार्थी तोकिएको समयमा आइ नपुगेमा मेरिट क्रम अनुसार भर्ना प्रक्रिया अगाडि वढाइनेछ । यसरी विद्यार्थी भर्ना भईरहेका बखत तोकिएको मेरिट संख्या नपुगेको अवस्थामा अगाडि मेरिट क्रमका रहेका विद्यार्थीहरु आइपुगेमा भर्ना प्रक्रिया जहा पुगेको छ सोही स्थानवाट भर्ना लिईनेछ तर कोटा पूरा भईसकेको अवस्थामा अगाडि मेरिट कमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन । 

दोश्रो (अन्तिम नामावली अनुसार मेरीट विद्यार्थी भर्नाको समयअवधि समाप्त भएपछि पनि कोटा रिक्त रहन गएमा रिक्त मेरिट कोटामा इच्छुक विद्यार्थीहरुको आवेदन माग गरि मेरिट क्रमको आधारमा पुरा गरिनेछ । इच्छुक विद्यार्थीहरुको आवेदन शैक्षिक प्रशासनले तोकेको ढाँचामा मिति २०७७/१२/१२ र १३ गते फारम भरी सोको भर्ना मिति २०७७/१२/१६ गते माथि कै प्रक्रियामा गरिनेछ । प्रथम र दोस्रो भर्ना नामावलीमा नाम परेका बिद्यार्थीहरु र रिक्त कोटामा आवेदन दिएर भर्नाको अवसर पाएका विद्यार्थीहरु आरक्षण कोटामा समावेश हुने छैनन तर IDF र Annex कोटाको लागि भने योग्य हुनेछन ।

(ग) आरक्षित कोटाको भर्ना प्रक्रिया, नामावली प्रकाशन र भर्ना समय: आरक्षित कोटा भनाको लागि मिति २०७७/१२/१७ गते भित्र चारवटै आंगिक क्याम्पसको लागि ४० जनाको प्रथम नाम वाली प्रकाशित गरिने छ । अन्य नामावाली तालिका २ अनुसार हुने छ ।

तालिका २, आरक्षित कोटाहरुमा भर्ना तालिका



आरक्षण कोटाको दोश्रो अन्तिम नामावली अनुसार विद्यार्थी भर्नाको समय अवधि समाप्त भएपछि पनि कोटा रिक्त रहन गएमा रिक्त आरक्षित कोटामा योग्य इच्छुक विद्यार्थीहरुको आवेदन माग गरि मेरिट कमको आधारमा पुरा गरिनेछ । इच्छुक विद्यार्थीहरुको आवेदन शैक्षिक प्रशासनले तोकेको ढाँचामा मिति २०७७ १२/२३ गते फारम भरी सोको भर्ना मिति २०७७ १२/२४ माथिकै प्रक्रियामा गरिनेछ । कुनै कारणवस आरक्षित कोटाहरु रिक्त भएमा रिक्त कोटाहरु स्वत IDF कोटामा समावेश हुनेछ ।

(घ) IDF कोटाको भर्ना प्रक्रिया, नामावली प्रकाशन र भर्ना समय: IDF कोटामा भर्ना हुन चाहने विद्यार्थीहरु मिति २०७७/१२/२२ गतेवाट मिति २०७७/१२/२५ गतेसम्म कार्यलय समयमा शिक्षण शाखाले तोकेको ढाचाको फारम भरी निवेदन दिन सक्नेछन । भर्ना तालिका ३ अनुसार हुने छ ।

तालिका ३. IDF कोटामा भर्ना तालिका

IDF कोटाको भनामा क्याम्पस चयन मेरिटको आधारमा माथिकै बुंदा ख) प्रक्रियाअनुसार गरिनेछ ।

(ङ) Merit, आरक्षण वा IDF कोटाको भर्ना सकिएपछि आंगिक क्याम्पसहरुमा ANNEX कोटा तथा सम्बन्धन प्राप्त क्याम्पस कलेजहरुमा भर्ना गर्न सम्बन्धित क्याम्पसवाट सुचना प्रकाशित हुनेछ । आगिक क्याम्पसको ANNEX कोटा र सम्बन्धन प्राप्त क्याम्पसहरुमा मेरीट क्रमाङ्ग कै आधारमा भर्ना लिइनेछ । सम्बन्धन प्राप्त क्याम्पसहरुमा भर्ना प्रक्रिया मुल सूचनामा उल्लेख भए अनुसार नै हुनेछ ।

(च) आंगिक क्याम्पसहरुमा निर्धारित ५० ANNEX कोटामा पनि स्थानीय कोटा ५५ ले हुन आउने संख्या २.५%, लाई ३ कोटामा बदली जम्मा ५३ जनासम्म मेरिटका आधारमा भर्ना गरिनेछ । साथै महेन्द्ररत्न बहुमुखी क्याम्पस, ईलाममा सञ्चालित बागवानी कार्यक्रम र सम्बन्धन प्राप्त क्याम्पस कलेज (पृथु टेक्नीकल कलेज, देउखुरी, दाङ्ग, क्याम्पस अफ लाईभ साइन्सेस, तुलसीपुर, दाङ्ग र गोकुलेश्वर कृषि क्याम्पस, बैतडी) हरुमा शिक्षा मन्त्रालयबाट तोकिएको छात्रवृत्ति कोटा समेत गरी जम्मा ५० जना भर्ना गर्न सक्नेछन् ।

२. भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु ल्याउनु पर्नेछ ।
  • क) रकम जम्मा गरेको बैंक भौचर
  • ख) नेपाली नागरिकताको प्रमाणपत्र ।
  • ग) एस. एल. सी. को लब्धाङ्कपत्र ।
  • घ) १०+२ वा प्रमाणपत्र तहको लब्धाङ्कपत्र (Transcripts) | 
  • ङ) १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card । यदि स्थानान्तरण प्रमाणपत्र त्रि.वि.का आंगिक क्याम्पसमा बुझाई सकेको भए सो क्याम्पसबाट स्थानान्तरण प्रमाणपत्र वुझि लिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
  • च) त्रि.वि. वाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।
  • छ) आरक्षित कोटाका सिफारिस पत्रहरु ।
द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भर्ना प्रयोजनको लागि मान्य हुने छैन । विद्यार्थी स्वयं आफु उपस्थित हुन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकता वा नाता खुलेको प्रमाण पेश गरी भना गर्न सकिनेछ।

३. भर्ना शुल्क सम्बन्धमा
भर्ना शुल्क नेपाल बैंक लिमिटेडको कृ.प.वि.अ.सं. UG खाता नं.०४५००१००१०४०१९०००००३ मा जम्मा गरी सोको सक्कल भौचर भर्ना हुँदा बुझाउन पर्नेछ । भर्ना हुन आउदा तपशिलमा उल्लेखित एकमुष्ट शुल्क रु.६,५७३ - बुझाउनु पर्नेछ।

To Download PDF File of Notice - Click Here.





Previous Post Next Post