New App Notice!

B. Sc. Ag. FWU 2077 तहमा अतिरिक्त विद्यार्थी भर्नासम्बन्धी सूचना


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान सङ्काय डीनको कार्यालय
टीकापुर, कैलाली

B. Sc. Ag. तहमा अतिरिक्त विद्यार्थी भर्नासम्बन्धी सूचना

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय प्राज्ञिक परिषद्द्वारा गरिएको निर्णयबामेजिम सङ्घीय मन्त्रालय, सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका प्रादेशिक निकाय तथा नेपालभर विद्यमान सबै पालिकामा कार्यरत कम्तीमा तीन वर्ष स्थायी सेवामा रही कार्य गरेका कृषिसम्बन्धी कर्मचारीका लागि भर्नासम्बन्धी विशेष व्यवस्था गरिएकाले मिति २०७७ चैत्र १३ गतेदेखि मिति २०७७ चैत्र २५ गतेसम्म भर्नाका लागि तोकिएको सङ्ख्या १० जनाको कोटामा भर्ना हुन इच्छुक आवेदक विद्यार्थीहरुले कार्यालय समयभित्र कृषि विज्ञान सङ्कायको टीकापुर स्थित नेपाल बैंक लिमिटेडमा रहेको च. हि. नं. १०७००१०६५५३t२५०००००१ मा आवेदन शुल्क वाफत रु. ४५००।- (अक्षरेपि चार हजार पाँच सय) जम्मा गरेको सक्कल भौचर एवं आवश्यक कागजात समावेश गरी निर्धारित आवेदन फाराम भरी कृषि विज्ञान सङ्काय डीनको कार्यालय टीकापुर कैलालीमा बुझाउनु पर्ने छ। साथै यस कार्यालयको वेबसाइट www.fwuag.edu.np मा Online फाराम पनि भर्न सकिने छ। online आवेदन फाराम भर्ने विद्यार्थीले बैंक भौचर लगायत आवश्यक पर्ने सम्पूर्ण प्रमाणपत्रहरुको Scan गरी उक्त वेबसाइड मार्फत पठाउनु पर्ने छ । साथै आवेदकले आफू मातहत रहेको सम्बन्धित सरकारी निकाय प्रमुखको सिफारिस पेस गर्नुपर्ने छ । उक्त आवेदन तपसिल बमोजिमको कार्यविधिको अधीनमा हुने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


भर्ना निर्देशिका
1. यस कृषि विज्ञान सङ्कायको बिएससी एजीमा भर्ना हुनका लागि अन्य नियमित रूपमा भर्ना हुने विद्यार्थी सरहको योग्यता (I.Sc.Ag., I.Sc., +2 Science वा सो सरह) भएका र उक्त तहमा कम्तीमा ५०% अङ्क ल्याएर उत्तीर्ण भएका कर्मचारीलाई मात्र भर्ना गरिने छ ।
2. सङ्घीय मन्त्रालयहरू, प्रादेशिक मन्त्रालयहरू र निकायहरू तथा नेपालभर विद्यमान सबै पालिकामा स्थायी कृषि सेवामा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको माथिल्लो निकायको सिफारिसमा भर्ना गरिनेछ । 
3. सम्बन्धित निकाय वा मन्त्रालयबाट मनोनयन/छनोट भई आएका विद्यार्थीहरुबाट लिने शुल्क सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषदले तोकेबमोजिम हुनेछ । साथै अर्को व्यवस्था नहुदाँसम्म हाललाई उक्त शुल्क संस्था विकास कोष (Institute Development Fund) को रूपमा एकमुष्ट ३,००,०००।- (तीन लाख) तथा प्रति सेमेस्टर लिने शुल्क अन्य पूर्ण शुल्कको कोटाका विद्याथीहरूलाई लाग्ने शुल्क सरह हुनेछ ।
4. सम्बन्धित निकाय वा मन्त्रालयबाट भर्नाका लागि सिफारिस भएका विद्यार्थीले आवास सुविधा तथा अन्य खर्चको न्यवस्थापन स्वयम् आफैले गर्नुपर्नेछ ।
5. भर्नाका लागि सिफारिस भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तर र निरन्तरतालाई विशेष ध्यान दिई निजको सेमेस्टर रिपोर्ट सम्बन्धित निकाय वा मन्त्रालयले माग गरेमा उपलब्ध गराइने छ ।
6. उपर्युक्त बुंदाहरुका आधारमा भर्ना गरिने विद्यार्थीको कोटा सङ्ख्या १० (दश) जना मात्र रहने छ । यदि सोभन्दा बढी आवेदन पर्न आएमा अध्ययनको प्राप्ताङ्क तथा अन्तर्वार्ताको प्राप्ताङ्कको कुलयोगका आधारमा छनोट गरिने छ ।
7. सम्पूर्ण विद्यार्थीलाई शैक्षिक गुणस्तरका लागि विश्वविद्यालयले तोकेको कार्यादेश अपरिहार्य रूपमा लागु हुनेछ ।



Previous Post Next Post