New App Notice!

Notice for Transcript, Migration and Provisional Certificate from NEB, 2077.


राष्ट्रिय परीक्षा बोर्ड (NATIONAL EXAMINATIONS BOARD)
परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)

सानोठिमी, भक्तपुर
शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि पुरा गर्नुपर्ने मापदण्डहरू 
राष्ट्रिय परीक्षा बोर्डबाट उपलब्ध गराईने शैक्षिक प्रमाणपत्रहरु (ट्रान्स्क्रिप्ट, माइग्रेशन र प्रोभिजनल) प्राप्तिका लागि तपसिल अनुसारको मापदण्ड पालना गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

तपसिल
१. अङ्काङ्कन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण (सैद्धान्तिक तर्फ न्यूनतम ३५% (पैतिस प्रतिशत) र प्रयोगात्मक तर्फ न्यूनतम ४०% (चालिस प्रतिशत) अङ्क प्राप्त गरेको) भए पश्चात् मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन पेश गर्नुपर्नेछ । सबै विषयमा उत्तीर्ण नभई रकम दाखिला गरेमा उक्त रकम फिर्ता हुनेछैन ।

२. अक्षराङ्कन पद्दति (Letter Grading System) (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भई कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम D+ (डी प्लस) र प्रयोगात्मकतर्फ न्यूनतम C (सी) ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन पेश गर्नुपर्नेछ । कुनै विद्यार्थीले तोकिएको ग्रेड प्राप्त नगरी रकम दाखिला गरेमा उक्त रकम फिर्ता हुनेछैन । शैक्षिक योग्यताका प्रमाणपत्र लिई सकेका विद्यार्थीहरूले ग्रेडवृद्धि परीक्षा दिन पाउने छैनन् । 

साथै कुनै विषयमा C (सी) वा D+ (डी प्लस) प्राप्त गरी पुनः ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षाको नतिजा आउनुपूर्व नै शैक्षिक प्रमाणपत्र लिएको खण्डमा पछिल्लो पटक दिएको ग्रेडवृद्धि परीक्षाको परीक्षाफल समावेश नहुने हुँदा त्यस्ता विद्यार्थीहरूले ग्रेडवृद्धि परीक्षाको नतिजा प्राप्त भए पश्चात् मात्र शैक्षिक योग्यताका प्रमाणपत्रका लागि निवेदन पेश गर्न जानकारी गराईन्छ ।

३. शैक्षिक प्रमाणपत्रहरू (ट्रान्स्क्रिप्ट, माइग्रेशन र प्रोभिजनल क्रमशः रु.३५०, रु.४०० र रु.३५०) वापत रु. १,१००।- शुल्क लाग्नेछ । कक्षा १२ को मौका परीक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरुका लागि थप रु. ३५० बुझाउनुपर्ने छ । विद्यालयले विद्यार्थीहरूसँग तोकिएभन्दा बढी शुल्क नलिन समेत अनुरोध गरिन्छ ।



Previous Post Next Post