New App Notice!

Notice to Apply for Full Scholarship Seats for BSc Forestry in KAFCOL from Government Seats.

 
Note in Summary: Every Private College should provide 10% seats to students with a full scholarship. So KAFCOL has a total of 50 seats and 5 students will be provided full scholarship by the Nepal government. This notice is for students to apply for the 5 scholarship seats provided by Nepal Government in KAFCOL.
Remember, every private college (i.e. for Ag, Vet, Forestry) will and must provide these free scholarship seats and the notices of all colleges will be published in our App. This is a golden opportunity to study on Scholarships in private colleges and it's totally free seats. Any student either from government or private school can apply for these seats if you have passed BSc Forestry, IOF TU Entrance exam (Scored more than 40 marks).
Remember, each and every private college of TU/AFU has these scholarship seats. So keep checking our App for notices and don't forget to fill out the scholarship form in Private colleges too.


नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं

काठमाण्डौं फरेष्ट्री कलेजमा विएस्सी फरेष्ट्री (B.Sc.Forestry) विषयको नि:शुल्क अध्ययन (छात्रवृत्तिमा) का लागि दरखास्त माग गरिएको सम्बन्धी सूचनाः

१) दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता

क) त्रिवि अन्तर्गत वनविज्ञान अध्ययन संस्थान, पोखराले २०७७ सालमा सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ । (Must have Passed BSc Forestry, IOF, TU Entrance Exam 2077.) Those students who have not filled KAFCOL form previously can also fill this one. Anyone who have passed TU Forestry Entrance 2077 can fill this form either you have filled or not other Colleges like Hetauda, Pokhara, KAFCOL form. 
ख) दरखास्तका लागि तोकिएको समूह तथा सिट (Total Seats in this Scholarship)
ख १. साधारण समूहमा ३ सिट (3 General Seats)
ख २. आरक्षण समूहः महिला १ र जनजाति १ (1 Quota Seats for Ladies and 1 for Janajati)

२) दरखास्त दिने म्यादः 

मिति २०७७ साल चैत्र २३ गतेदेखि २०७७ साल चैत्र ३० गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलमा दरखास्त दिन सकिने छ ।
Application Form to submit PDF File :Click Here

३) राजस्व सम्बन्धी व्यवस्थाः (Payment Voucher to Apply these seats)

आवेदकहरूले राजस्व वापतको रकम रु १००० एक हजार राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजश्व शीर्षक नं १४२२९ मा दाखिला गरी सोको भौचरको समेत संलग्न राखी दरखास्तसाथ पेश गर्नुपर्ने छ ।
Sample of Payment Voucher for Payment to Apply in these seats :- Click Here

४) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू (Documents Required to Apply for Scholarship seats)

  • पूर्ण रूपमा भरिएको आवेदन फाराम 
  • Application Form to submit : PDF File :Click Here
  • राजस्व बुझाएको सक्कल भौचर
  • Sample of Payment Voucher for Payment to Apply in these seats :- Click Here
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • त्रिभुवन विश्वविद्यालय, वनविज्ञान अध्ययन संस्थान, पोखराले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, विषय,
  • १०+२ वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, Character certificate/Original/Provisional certificate
  • SEE/SLC परीक्षाको प्रमाणपत्र
  • शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सबै वा कुनै तहको सम्बन्धित बोर्डबाट जारी गरिएको
  • transcript वा मार्कशीटका साथ pass verification certificate/degree provisional certificate/migration certificate का साथ पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण गरिएको पत्र समेत ।
  • नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

ख) Community School Group सामुदायिक विद्यालय तर्फको आरक्षण समूह
विपन्नताको सिफारिस, सरकारी विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूह सम्बन्धी प्रमाण समेत ३ वटै प्रमाण पेश गर्नसक्ने उम्मेदवारहरू मात्र सामुदायिक विद्यालय समूहमा पर्ने हुनाले यस्ता समूहमा दरखास्त दिन इच्छुक उम्मेदवारले यी तीनै कागजात दरखास्त साथ पेश गर्नुपर्ने छ । साधारण समूहका लागि तोकिएका कागजातका साथै निम्न कागजात समेतको स्क्यानप्रति पठाउनुपर्नेछ ।

१) SLC/SEE उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकाय वा शिक्षा समन्वय इकाइले प्रदान गरेको सिफारिस पत्र
२) सम्बन्धित गाउँपालिका, नगर उपमहानगर महानगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली,२०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७७ साल चैत्र २३ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७७ चैत्र ३० गतेसम्ममा जारी गरेको विपन्नताको सफारिस पत्र 
विपन्नताको Document को ढाचा :- Click Here
३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र ।

जनजातिको सिफारिस : आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट 
Verification Letter/Certificate from Adibasi Janajati Rastriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]


ग ) Other School Group अन्यविद्यालय तर्फको आरक्षण समूह
यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि General Group साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको सक्कल प्रतिको स्क्यान प्रति संलग्न गर्नुपर्ने छ ।

आरक्षणका लागि माग गरिएको कुनै पनि कागजात दरखास्तसाथ समावेश नभएमा आरक्षण तर्फको दरखास्त अस्वीकृत भई स्वतः साधारणतर्फ मात्र कायम हुने व्यहोरासमेत जानकारी गराइन्छ । शर्तमा कुनै दरखास्त दर्ता गरिने छैन ।

५. योग्यताक्रमः

रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको अधारमा नियमानुसार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गर्ने छ ।

६. अन्य विद्यालय समूहले पाउने अवसरः 

आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी माथि उल्लेख गरिएका कागजात पेश गरेका उम्मेदवारहरूलाई पहिलो प्राथमिकता दिइने छ (Only for Quota Seats, there is priority for students from Government schools but students form both government and private school can apply for these scholarship seats.)। 

सामुदायिक समूहमा कुनै पनि उम्मेदवार नभएको अवस्थामा मात्र नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्तिलाई आरक्षित स्थान प्रदान गरिने छ । सो पनि नभएको अवस्थामा छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ ।


पुनश्चः फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं ४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ ।

PDF File to Download available Below:-

1. Sample of Bank Voucher for Payment to Apply in these seats :- Click Here
2. Application Form to submit :- Click Here
(Note : Download this Application Form, Print it, fill it in the blanks in the form and Submit it to शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहल, काठमाण्डौं.) 
The form can't be submitted online.
3. विपन्नताको Document को ढाचा :- Click Here
4. Verification Letter/Certificate from Adibasi Janajati Rastriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]






Previous Post Next Post