New App Notice!

BSc AG, IAAS, TU 2077 विद्यार्थी भर्नाको लागि (Quota Seats) आरक्षित कोटाहरुको दोश्रो नामावलि प्रकाशित गरिएको सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय, कीर्तिपुर, काठमाडौं, नेपाल

विद्यार्थी भर्नाको लागि आरक्षित कोटाहरुको दोश्रो नामावलि प्रकाशित गरिएको सम्बन्धी सूचना

प्रकाशित मिति: २०७७/१२/१९

शैक्षिक वर्ष २०७७-७८ को लागि यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक क्याम्पसहरुमध्ये गौरादह कृषि क्याम्पस झापामा कृषि विज्ञान विषयमा स्नातक तहमा भर्नाका लागि खालि भएको ८ वटा आरक्षित कोटाहरुका लागि दोश्रो नामावलि प्रकाशन गरिएको छ । भना नामावलीमा नाम प्रकाशित भएका विद्यार्थीले भर्ना शुल्क नेपाल बैंक लिमिटेडको कृ.प.वि.अ.सं. UG खाता नं.०४५००१००१०४०१९०००००३ मा रु.६,५७३/ - जम्मा गरी सोको सक्कल भौचर भर्ना हुँदा बुझाउन पर्नेछ । 

Name List of Students for Quota Seat Admission is available below in the photo.

भना हुने विद्यार्थीले मिति २०७७/१२/२२ गते दिनको ११ बजे यस अध्ययन संस्थानको डीनको कार्यलय, कीर्तिपुरमा अनिवार्य उपस्थित हुनु पर्नेछ । मेरिट क्रममा भएका कुनैपनि विद्यार्थी तोकिएको समयमा आइ नपुगेमा मेरिट क्रम अनुसार भना प्रक्रिया अगाडि बढाइनेछ । यसरी विद्यार्थी भर्ना भईरहेका बखत तोकिएको मेरिट संख्या नपुगेको अवस्थामा अगाडि मेरिट कमका रहेका विद्यार्थीहरु आइपुगेमा भर्ना प्रक्रिया जहा पुगेको छ सोही स्थानबाट भर्ना लिईनेछ तर कोटा पूरा भईसकेको अवस्थामा अगाडि मेरिट कमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन ।

भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु ल्याउनु पर्नेछ ।
क) रकम जम्मा गरेको बैंक भौचर ।
ख) नेपाली नागरिकताको प्रमाणपत्र ।
ग) एस एल सी. को लब्धाङ्पत्र ।
घ) १०+२ वा प्रमाणपत्र तहको लब्धाङ्कपत्र (Transcripts)।
ङ) १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card । यदि स्थानान्तरण प्रमाणपत्र त्रि.वि.का आंगिक क्याम्पसमा बुझाई सकेको भए सो क्याम्पसवाट स्थानान्तरण प्रमाणपत्र वुझि लिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
च) त्रि.वि. वाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।
छ) आरक्षित कोटाका सिफारिस पत्रहरु ।

द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भा प्रयोजनको लागि मान्य हुने छैन । विद्यार्थी स्वयं आफु उपस्थित हुन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाता खुलेको प्रमाण पेश गरी भना गर्न सकिनेछ ।




Previous Post Next Post