New App Notice!

BSc Fisheries, AFU 2077 3rd Admission List in Merit Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४


मिति: २०७७/१२/३१ 

सूचना
यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७-०७८ को लागि स्नातक तहको वि.एस्सी. फिसरिजमा विद्यार्थी भर्नाको लागि मिति २०७७-११-२९ गते लिइएको प्रवेश परीक्षाको मेरीट लिष्ट अनुशार वि.एस्सी फिसरिजको मेरीट लिष्टको दोश्रो पटक प्रकाशित नामावलीमा विद्यार्थी भर्ना हुन नआई रिक्त हुन गएको सिटहरुमा तपशिलमा उल्लेखित विद्यार्थीहरुको तेश्रो नामावली प्रकाशित गरिएको छ । 
Name List of Selected Students in 3rd Admission List is available below in the photos. Congratulations to all of you! 

उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले २०७८-०१-०२ देखि २०७८-०१-०३ गते कार्यालय समय सम्ममा स्वयं उपस्थित भई भर्ना हुनपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । Admission Deadline is 2078-01-03, 3 p.m.

भर्ना हुन आउदा तपशिलमा उल्लेखित सम्पूर्ण कागजातहरु र भर्ना शुल्क लिई तोकिएको समयावधिमा सम्पर्क गर्न सूचित गरिन्छ । तोकिएको अबधीमा विद्यार्थी भर्ना हुन नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त स्थानमा विद्यार्थी भर्नाको लागि मेरीट लिष्ट अनुशार चौथौ नामावली २०७७-०१-०३ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ । उक्त नामावलीमा कुनै त्रुटी देखिएमा अभिलेख अनुसार सच्याइने छ । विद्यार्थी भर्नाको लागि सम्पूर्ण सक्कल प्रमाणपत्र र सोको एक एक प्रति फोटो कपी लिई आउनुहुन सूचित गरिन्छ ।


Name List of Selected Students in 3rd Admission List:-



Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र



Previous Post Next Post