New App Notice!

BSc Fisheries, AFU 2077 4th Admission List in Merit Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४


मितिः २०७८/०१/०३

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७०७८ को लागि स्नातक तहको  वि.एस्सी. फिसरिजमा विद्यार्थी भर्नाको लागि मिति २०७७११।२९ गते लिइएको प्रवेश परीक्षाको मेरीट लिष्ट अनुशार वि.एस्सी फिसरिजको मेरीट लिष्टको तेश्रो पटक प्रकाशित नामावलीमा विद्यार्थी भर्ना हुन नआई रिक्त हुन गएको सिटहरुमा तपसिलमा उल्लेखित विद्यार्थीहरुको चौथौं नामावली प्रकाशित गरिएको छ । 

Name List of Selected Students in 4th Admission List is available below in the photos. Congratulations to all of you! 


उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले २०७८।०१।०५ देखि २०७८।०१।०६ गते कार्यालय समय भित्र स्वयं उपस्थित भई भर्ना हुनपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 
Admission Deadline is 2078-01-06.

भर्ना हुन आउदा तपसिलमा उल्लेखित सम्पूर्ण कागजातहरु र भर्ना शुल्क लिई तोकिएको समयावधिमा सम्पर्क गर्न सूचित गरिन्छ । 

तोकिएको अबधीमा विद्यार्थी भर्ना हुन नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त स्थानमा विद्यार्थी भर्नाको लागि मेरीट लिष्ट अनुशार पाचौं नामावली २०७८।०१।०६ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ । उक्त नामावलीमा कुनै त्रुटी देखिएमा अभिलेख अनुसार सच्याइने छ । विद्यार्थी भर्नाको लागि सम्पूर्ण सक्कल प्रमाणपत्र र सोको एक एक प्रति फोटो कपी लिई आउनुहुन सूचित गरिन्छ । 


Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र

Previous Post Next Post