New App Notice!

B.Sc. Forestry (2077-081) IOF, TU, Hetauda Campus : General Capitation and Quota Capitation 2nd Admission Notice and Student List.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
हेटौंडा क्याम्पस अध्ययन
हेटौंडा, मकवानपुर, नेपाल

मिति : २०७८।०१।०६

स्नातक तह मा भर्नाको लागि साधारण क्यापिटेशन (General Paying) तथा समावेशी क्यापीटेशन (Quota Paying) सिटहरुको लागी छनौट भएका उम्मेदवारहरुको दोस्रो सूची प्रकाशन सम्वन्धी सूचना


वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस, हेटौडामा स्नातक तहमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरु मध्ये वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयबाट लिईएको प्रवेश परीक्षाको आधारमा तयार गरिएको योग्यताक्रम र प्राथमिकता क्रमानुसार उत्तिर्ण मध्येबाट साधारण क्यापिटेशन तथा समावेशी क्यापीटेशन सिटहरुमा अध्ययन गर्न मिती २०७७-१२-११ मा प्रकाशित सूचना अनुसार २०७७-१२-२७ गते सम्म दिएका आवेदन अनुसार साधारण क्यापिटेशन तथा समावेशी क्यापीटेशनको योग्यताक्रम तथा निर्धारीत सर्त बमोजीम मिती २०७७-१२-३१ गते प्रथम सूची प्रकाशन गरिएकोमा उम्मेदवारहरुले मिति २०७८ साल बैशाख ०५ गते सम्म वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडामा सम्पर्क गरी भर्ना भई सक्नु पर्नेमा निर्धारीत मितीमा केहि उम्मेदवारहरु भर्ना हुन नआएकोले यो दोश्रो सूची प्रकाशन गरिएको छ ।

Note : Name List of selected students for 2nd Admission List is available below in the photo.

दोश्रो सूचीमा रहेका उम्मेदवारहरु मिती २०७८ साल बैशाख १० गते शुक्रवार कार्यालय समय सम्म भर्ना भै सक्नु पर्नेछ ।
Admission Deadline is Baisakh 10.

भर्ना हुन आउदा सम्पूर्ण सक्कल प्रमाणपत्रहरु तथा २ प्रति पासपोर्ट साइजको फोटो साथमा लिई उम्मेदवार आफै उपस्थित हुनु पर्नेछ । त्रि.वि. वाहेक अन्य विश्वविद्यालय र विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ ।

सूचि तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारलाई स्थान रिक्त रहेमा यस पछिका सूचिमा प्राथमिकता दिई निजको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराउँदै संलग्न लिष्ट वमोजिम प्रवेश परीक्षामा सफल भएका उम्मेदवारहरुको योग्यताकमको नामावली प्रकाशित गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ साधारण क्यापीटेशन तथा समावेसी क्यापीटेशनमा भर्नाका लागी छनौट भएका प्रत्यक उम्मेदवारले क्यापीटेशन वापत रु. ३,००,०००.०० (तिन लाख) मध्ये भर्ना हुँदा ५० % रकम (रु. १,५०,०००) र भर्ना शुल्क रु. ८३२०.०० ( रुपैया आठ हजार तीन सय विस मात्र) समेत गरि रु. १,५८,३२० (रुपैया एक लाख अन्ठाउन्न हजार तिनसय विस मात्र) वन विज्ञान अध्ययन संस्थानको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा नम्मा गरेको बैंक भौचर सहित भर्ना हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

Total fee is 3 lakhs and Fee to be submitted at the time of Admission is NRs. 1,58,320.


Contact Address:
Hetauda-10, Makawanpur, Nepal
PO. Box No. 34, Tel: +977-057-520453, 
Fax No. +977-057-520865, 
E-mail: info@iofhc.edu.np

Name List of selected students for 2nd Admission List In General Capitation:-
Name List of selected students for 2nd Admission List In Quota Capitation:-



Previous Post Next Post