New App Notice!

BSc Forestry, IOF, TU - Hetauda 2077 Selected Students List for Admission in General and Quota Seats.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
हेटौंडा क्याम्पस अध्ययन
हेटौंडा, मकवानपुर, नेपाल

मिति : २०७७।१२।२०

हेटौडा क्याम्पस स्नातक तह मा भर्नाको लागि साधारण तथा साधारण समावेशी सिटहरुको लागी छनौट भएका उम्मेदवारहरुको प्रथम सूची प्रकाशन सम्बन्धी सूचना

वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस, हेटौडामा स्नातक तहमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरु मध्ये वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयबाट लिईएको प्रवेश परीक्षाको आधारमा तयार गरिएको योग्यताकम र प्राथमिकताकमानुसार उत्तिर्ण मध्येबाट साधारण तथा साधारण समावेशी सिटमा अध्ययन गर्न मिती २०७७-१२-११ मा प्रकाशित सूचना अनुसार आवेदन दिएका निवेदनको आधारमा योग्यताकम तथा समावेशी सिटको हकमा तोकिए बमोजीम संलग्न सूचिमा उल्लेखित उम्मेदवारहरुलाई भर्नाको लागि छनौट गरिएको छ । छानिएका उम्मेदवारहरुले मिति २०७७ साल चैत्र २५ गते सम्म वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडामा सम्पर्क गरी भर्ना भई सक्नु पर्नेछ । सिट खाली रहन गएमा भर्ना भई बाँकी उत्तिर्ण उम्मेदवारहरुमध्ये योग्यताकम तथा समावेशी सिटहरुमा तोकिए बमोजीम दोश्रो सूची मिती २०७७ साल चैत्र २६ गते प्रकाशीत गरिने छ । भर्ना हुन आउँदा सम्पूर्ण सक्कल प्रमाणपत्रहरु तथा २ प्रति पासपोर्ट साइजको फोटो साथमा लिई उम्मेदवार आफै उपस्थित हुनु पर्नेछ ।

त्रि.वि. बाहेक अन्य विश्वविद्यालय र विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ । सूचि तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारलाई स्थान रिक्त रहेमा दोश्रो सूचिमा प्राथमिकता दिई निजको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराउदै संलग्न लिष्ट वमोजिम प्रवेश परीक्षामा सफल भएका उम्मेदवारहरुको योग्यताकमको नामावली प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । 

भर्ना हुन वन विज्ञान अध्ययन संस्थानको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा लाग्ने शुल्क जम्मा रु. ८३२०.०० ( रुपैया आठ हजार तीन सय विस मात्र) गरेको बैंक भौचर सहित भर्ना हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

Contact Address:
Hetauda-10, Makawanpur, Nepal
PO. Box No. 34, Tel: +977-057-520453, 
Fax No. +977-057-520865, 
E-mail: info@iofhc.edu.np

To View or Download Selected Students List - Click Here



Congratulations to All of you! You all made it! We, Help For Ag App Team wish a great future ahead! Share our App with all of your Juniors in next year for Entrance preparations.


Previous Post Next Post