New App Notice!

BSc Forestry, IOF, TU - Pokhara 2077 Selected Students List for Admission in General and Quota Seats.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस
पोखरा, नेपाल

मिति : २०७७-१२-२२

स्नातक तह (२०७७-८१) मा साधारण र साधारण समावेशी सिटमा भर्नाको लागि छनौट भएका उम्मेदवारहरुको नामावली सम्वन्धी सूचना ।

स्नातक तहको शैक्षिक शत्र २०७७-८१ मा भर्नाका लागि वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयको च.नं. ३४८ मिति २०७७-१२-१० मा प्रकाशित प्रवेश परिक्षाको परिक्षाफलको योग्यताक्रमानुसार यस पोखरा क्याम्पस, पोखरामा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले यस क्याम्पसको मिति २०७७-१२-११ गते प्रकाशित सूचनानुसार मिति २०७७-१२-१८ गतेसम्म साधारण (जनरल सिट) र साधारण समावेशी सिटहरुमा भर्नाका लागि प्राप्त आबेदनहरुमा छानविन गरि प्रवेश परीक्षाको नतिजाको आधारमा तयार गरिएको योग्यताकम र प्राथमिकताकमानुसार साधारण- (जनरल सिट) र साधारण समावेशी सिटहरुमा संलग्न सूचिमा उल्लेखित उम्मेदवारहरुलाई भर्नाको लागि छनौट गरिएको छ।

छानिएका उम्मेदवारहरुले मिति २०७७-१२-२५ गतेसम्म वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. ८३२०।- ( रुपैया आठ हजार तीन सय विस मात्र) जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भर्ना लिइनेछ । भर्ना हुन आउंदा SEE/SLC र +2/I.Sc का सम्पूर्ण सक्कल प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र १ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्नेछ । विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ । सूची तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । 
यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ ।

Contact Us:-
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल, 
पो.ब.नं. ४३, फोन नं. ०६१-४३०३६९/४३१०७७,  
Email: info@iofpc.edu.np

To View or Download Selected Students List - Click Here


Congratulations to All of you! You all made it! We, Help For Ag App Team wish a great future ahead! Share our App with all of your Juniors in next year for Entrance preparations.


Previous Post Next Post