New App Notice!

Merit List and Admission Notice of Interested Candidates for Remaining 16 Vacant Position in BSc Ag, IAAS, TU 2077.

त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाण्डौं।


मिति: २०७८/१/५ 

रिक्त कोटामा विद्यार्थी भर्ना सम्वन्धि सूचना
यस शैक्षिक वर्ष २०७७/०७८ को लागि यस अध्ययन संस्थान अन्तर्गत संचालित कपि स्नातक तहमा आगिक क्याम्पसहरुमा भर्ना भएर पनि मिति २०७८/०१/०५ सम्म भर्ना रद्द भई खालि हुन आएका 16 Seats लमजुङ्ग-४, पक्लिहवा-२, रामपुर-५, गौरादह-५ सिटमा भर्ना हुनका लागि IDF कोटाहरुमा आवेदन दिएर भर्ना नभएका विद्यार्थीहरुको मेरिटक्रममा नामावलि प्रकाशित गरिएको छ । 

Name List of Selected and Interested Students in IDF Seats Admission is available below in the photos. Admission will be according to merit rank as in the photo below and students can choose their preferred college according to their merit rank.
Admission Date is : 2078-01-06, 11 a.m. Total seats available for admission is 16, लमजुङ्ग-४, पक्लिहवा-२, रामपुर-५, गौरादह-५. 

यस नामावलिमा नाम परेका विद्यार्थीहरुले मिति २०७८/०१/०६ गते दिनको ठिक ११ बजे यस अध्ययन संस्थानको डीनको कार्यलयमा उपस्थित हुनु पर्नेछ । 

विद्यार्थीहरुले IDF कोटामा तोकिएको कूल भर्ना शुल्क रु २,५०,०००।- (दुई लाख पचास हजार) मध्ये पहिलो किस्ता रु १,५०,०००।- (एक लाख पचास हजार) प्रथम सत्रमा भर्ना हुन आउँदा र भर्ना शुल्क ६,५७३।- समेत गरी रु १,५६,५७३।- (एक लाख छपन्न हजार पाँच सय त्रिहत्तर) त्रि.वि. कीर्तिपुर परिसरमा अबस्थित नेपाल बैंक लिमिटेडमा रहेको यस अध्ययन संस्थानको खाता “कृ.प.बि.अ.सं, डीनको कार्यलय खाता नं. ०४५००१००१०४०१९०००००३” मा जम्मा गर्नु पर्नेछ तर सो रकम भर्नाको दिन डीन कार्यलयले उपलब्ध गराएको Admission Confirmation slip लिए पछि मात्र बुझाउनु हुन अनुरोध गरिन्छ । 
Remember, First go to Dean Office, Kirtipur, take Admission slip and then only go for payment.

मेरिट क्रमकै आधारमा विद्यार्थीले क्याम्पस चयन गर्नेछन् । मेरिट क्रममा भएका कुनैपनि विद्यार्थी तोकिएको समयमा आइ नपुगेमा मेरिट क्रम अनुसार भर्ना प्रक्रिया अगाडि वढाइनेछ । यसरी विद्यार्थी भर्ना भईरहेका बखत तोकिएको मेरिट संख्या 16 नपुगेको अवस्थामा अगाडि मेरिट क्रमका रहेका विद्यार्थीहरु आइपुगेमा भर्ना प्रक्रिया जहा पुगेको छ सोही स्थानवाट भर्ना लिईनेछ तर कोटा (16) पूरा भईसकेको अवस्थामा अगाडि मेरिट क्रमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन।


भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु राखी बुझाउनुपर्ने छ।
१. रकम जम्मा गरेको बैंक भौचर ।
२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
३. एस एल सी को लब्धाङ्पत्र ।
४. १०+२ वा प्रमाणपत्र तहको लब्धाङपत्र (Transcripts)।
५. १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card, यदि स्थानान्तरण प्रमाणपत्र वि.वि.का आंगिक क्याम्पसमा बुझाइसकेको भए सो क्याम्पसबाट स्थानान्तरण प्रमाणपत्र बुझिलिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
६. त्रि.वि. बाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।

द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भना प्रयोजनको लागी मान्य हुने छैन । विद्यार्थी स्वयं आफु आउन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाताबुलको प्रमाण पेश गरी भना गर्न सकिनेछ ।

Help For Ag App is always there for you in your 4 year BSc Ag Course to provide you All semester Notes, practical files, Assignments, Board and Quiz Question papers. Also Loksewa Questions and Loskewa Syllabus for Jobs after BSc Ag is available in our App - Help For Ag. Keep using and sharing our App with your friends.

Contact Address:-
कीर्तिपुर, काठमाण्डौं
फोन: ०१-४३३०६०० 
ई-मेल: info@iaas.edu.np


Name List of Selected and Interested Students in IDF Seats Admission for Remaining 16 Seats :-





Previous Post Next Post