New App Notice!

Merit List of Interested Students for Vacant position of BSc Ag in Gauradaha Campus in Quota Seats.


त्रिभुवनविश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाण्डौं


मितिः २०७७-१२-२३

सूचना
यस अ.स. को मिति २०७७/१२/२२ गतेको सूचना वमोजिम गौरादह कृषि क्याम्पस झापामा रिक्त हुन गएको ४ वटा आरक्षित सिटको लागि मिति २०७७/१२/२३ गते ४ बजे भित्र आवेदन दिनेहरुको नामावलि प्रकाशित गरीएको छ ।
Note : Merit List of Students is available below in the photo.

यस नामावलिमा नाम परेका विद्यार्थीहरु मिति २०७७/१२/२४ गते दिनको ठिक ११ बजे वजे क प वि अ.सं. को डीनको कार्यलयमा उपस्थित हुनुपर्नेछ । भर्नाको लाग्ने शुल्क रु.६,५७३/- भर्ना गर्ने स्थानमा नै बुझाउन सकिनेछ । मेरिट कमकै आधारमा विद्यार्थी भर्ना गरिनेछ । मेरिट कममा भएका विद्यार्थी तोकिएको समयमा नआइपुगेमा मेरिट क्रम अनुसार भर्ना प्रकृया अगाडि बढाइनेछ । यसरी विद्यार्थी भर्ना भईरहेका बखत तोकिएको मेरिट संख्या नपुगेको अवस्थामा अगाडि मेरिट कमका रहेका विद्यार्थी आइपुगेमा भर्ना प्रकृया जहा पुगेको छ सोहि स्थानवाट भर्ना लिईनेछ तर कोटा पूरा भईसकेको अवस्थामा अगाडि मेरिट कमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन

भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु राखी बुझाउनुपर्ने छ ।
१. रकम जम्मा गरेको बैंक भौचर ।
२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
३. एस. एल सी. को लब्धाङपत्र ।
४.१०+२ वा प्रमाणपत्र तहको लब्धाङ्कपत्र (Transcripts) |
५. १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card । यदि स्थानान्तरण प्रमाणपत्र त्रि वि.का आंगिक क्याम्पसमा बुझाइसकेको भए सो क्याम्पसबाट स्थानान्तरण प्रमाणपत्र बुझिलिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
६. त्रि.वि. वाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।
७, आरक्षित कोटाको सिफारिस पत्रहरु ।

दृष्टव्य : कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भना प्रयोजनको लागी मान्य हुने छैन । विद्यार्थी स्वयं आफ आउन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाता खुलेको प्रमाण पेशा मारी भाना गर्न सकिनेछ ।

काठमाण्डौ : फोन:०९७७-०१-४३३०६०० 
ई-मेल:info@iaas.edu.np




Previous Post Next Post