New App Notice!

Purbanchal University, Re-Entrance Exam Center Notice 2077.


पूर्वाञ्चल विश्वविद्यालय
गोठगाउँ, मोरङ्ग

स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा (Re-Entrance) सम्बन्धी अत्यन्त जरुरी सूचना:

पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि र इन्जिनियरीङ्ग संकाय अन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा संचालित स्नातक तहमा शैक्षिक सत्र २०७७/०७८ (सन् २०२०) का लागि नयाँ विधार्थी भर्ना सम्बन्धी मिति २०७४-०१-०३ गतेका दिन लिइने पुनः प्रवेश परीक्षाको संशोधित परीक्षा केन्द्र, कार्यक्रम र समय तालिका तपसिल अनुसार कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपशिल:

१) प्रवेश परीक्षा केन्द्र :
A.
मोरङ्ग जिल्ला स्थित क्याम्पस/कलेजहरुका लागि :- श्री पू. बि. स्कूल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी, विराटनगर ।

B. धनुषा जिल्ला स्थित क्याम्पस/कलेजहरुका लागि :- श्री कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जनकपुर ।

C. चितवन जिल्ला स्थित क्याम्पस/कलेजहरुका लागि :- श्री युनाइटेड टेक्निकल कलेज, भरतरपुर, चितवन ।

D. काठमाण्डौं, ललितपुर र भक्तपुर स्थित क्याम्पस कलेजहरुका लागि :- श्री ख्वपः इन्जिनियरीङ कलेज, लिवाली, भक्तपुर ।



२) प्रवेश परीक्षा मिति, समय र कार्यक्रम :
मिति : २०७८-०१-०३ गते शुक्रवार
समय : बिहान ८:00-10:00
विज्ञान तथा प्रविधि र इन्जिनियरीङ्ग संकाय अन्तर्गगतका सम्पूर्ण स्नातक तहको शैक्षिक कार्यक्रमहरु




Previous Post Next Post