New App Notice!

RE-REVISED 4th Admission List, Hetauda Campus : B.Sc. Forestry, IOF, TU 2077 General Merit Seat Admission Notice.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
हेटौंडा क्याम्पस अध्ययन
हेटौंडा, मकवानपुर, नेपाल


मिति : २०७८-०१-०८ 


स्नातक तहमा भर्नाको लागि साधारण (General Merit Seats) सिटहरुको लागी छनौट भएका उम्मेदवारहरुको चौथो (Re-Revised) दोस्रो संशोधित सूची प्रकाशन सम्वन्धी सूचना

वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस, हेटौडामा स्नातक तहमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरु मध्ये वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयबाट लिईएको प्रवेश परीक्षाको आधारमा तयार गरिएको योग्यताक्रम र प्राथमिकता क्रमानुसार उत्तिर्ण मध्येबाट साधारण तथा साधारण समावेशी सिटमा अध्ययन गर्न मिती २०७७-१२-११ मा प्रकाशित सूचना अनुसार आवेदन दिएका निवेदनको आधारमा योग्यताक्रम निर्धारण गरि मिती २०७७ साल चैत्र ३१ गते तेश्रो सुची प्रकाशीत गरिएको सूचना बमोजीम उक्त सूचीमा रहेका केहि उम्मेदवारहरु तोकिएको समय भित्र भर्ना हुन नआई केहि सिटहरु रिक्त हुन आएकोले उक्त रिक्त सिटमा भर्नाका लागी चौथो सूची (संसोधन सहित) मिती २०७८ साल बैशाख ७ गते प्रकाशन गरिएकोमा मिती २०७८ साल बैशाख ०५ गते सम्म साधारण सिटमा जम्मा २१ जनाभर्ना भएका मध्ये २ जना पोखरा क्याम्पस स्थानान्तरण भएका र २ जनाले भर्ना रद्ध गरी जम्मा १७ जना मात्र भर्ना भै २ सिट मात्र खाली रहन गएको हुँदा मिती २०७८ साल बैशाख ०७ गते प्रकाशित चौथो सूची रद्ध गरि तपसिल अनुसारको चौथो सूची (संसोधन सहित) प्रकाशित गरिएको छ । 
Note : Name List of Re-REVISED selected students for 4th Admission List is available below in the photo.


छानिएका उम्मेदवारहरुले मिति बैशाख १० गते शुक्रवार सम्म वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडामा सम्पर्क गरी भर्ना भई सक्नु पर्नेछ । 
Admission Deadline is Baisakh 10, 2078.

भर्ना हुनआउंदा सम्पूर्ण सक्कल प्रमाणपत्रहरु तथा २ प्रतिपासपोर्ट साइजको फोटो साथमालिई उम्मेदवार आफै उपस्थितहुनु पर्नेछ त्रि.वि. वाहेक अन्य विश्वविद्यालय र विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमाभर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाहीगरिने छ । 

सूचि तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारलाई स्थान रिक्त रहेमा यस पछिका सूचिमा प्राथमिकता दिई निजको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराउँदै संलग्न लिष्ट वमोजिम प्रवेश परीक्षामा सफल भएका उम्मेदवारहरुको योग्यताकमको नामावली प्रकाशित गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । भर्ना हुनवन विज्ञान अध्ययन संस्थानको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Officeको चल्तीखाता नं. १९२००१००५७९६७४०००००१ मा लाग्ने शुल्कजम्मा रु. ८३२०.०० ( रुपैया आठ हजार तीन सय विस मात्र) गरेको बैंक भौचर सहितभर्ना हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।


Contact Address:
Hetauda-10, Makawanpur, Nepal
PO. Box No. 34, Tel: +977-057-520453, 
Fax No. +977-057-520865, 
E-mail: info@iofhc.edu.np

Name List of Re-REVISED selected students for 4th Admission List:-


Previous Post Next Post