New App Notice!

New Counselling Notice - B.Sc. Forestry AFU Admission 2077.


BSC Forestry AFU 2077 Counselling Date Re-Notice:-

कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय, हेटौंडा

मिति- २०७७।१२।१८

सूचना

यस वन विज्ञान संकाय, हेटौँडामा मिति २०७७।११।२४ गते भएको स्नातक तहको प्रवेश परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुको भर्नाको लागि Counselling कार्यक्रम मिति २०७७।१२।१८ गते देखि हुने भनिएकोमा मिति २०७७।१२।१७ गतेको सूचना बमोजिम स्थगन भएको Counselling कार्यक्रम निम्नलिखित संशोधित विवरण अनुसार हुने गरी पुनः प्रकाशित गरिएको छ । 

भर्ना हुन आउँदा आफूले प्राप्त गरेका शैक्षिक योग्यताहरुको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारीरित्र प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मूल प्रमाण पत्र वा अस्थायी प्रमाण पत्र, कोटाको लागि आवेदन दिएका परीक्षार्थीहरुको हकमा सम्बन्धित कोटाको प्रमाण पत्र वा सिफारिश पत्रका सक्कल तथा प्रतिलिपिहरु (२ प्रति) समेत अनिवार्य रुपमा बुझाउनु पर्नेछ । Counselling कार्यक्रम तोकिएको दिनको विहान ठीक ११:०० बजे हुने हुँदा उक्त दिनको विहान १०:०० आफूले ल्याएका उल्लेखित प्रमाण पत्र तथा सिफारिश पत्र रुजु गराई Counselling कक्षभित्र प्रवेश गरिसक्नु पर्नेछ । अन्यथा यस वन विज्ञान संकाय भर्नाको लागि जवाफदेही हुने छैन ।

१. मिति २०७७-१२-२२ -- मेरिट क्रम: १ - ५४
२. मिति २०७७-१२-२४ -- मेरिट क्रम: ५५ - १०१
३.मिति २०७७-१२-२६ -- पछि प्रकाशित गरिने
स्थान: वन विज्ञान संकाय, हेटौंडाको सेमिनार हल
Official Merit List of BSc Forestry 2077 by AFU:  Click Here


Admission and Counselling will be based on this Official Merit List by AFU. So check your rank in this merit list.
Official Merit List of BSc Forestry 2077 by AFU:  Click Here
Most of the Top Rank holders leaves AFU Forestry seat to study Ag later on. So you may have chance of Admission if you are under 200-300 rank. Keep checking inside Entrance Notices and Results section of Help For Ag App for Admission List and other updates.


Admission Details:-

Admission Procedure : Counseling Type, Students choose their choice of Priority College and UGC Seats or Normal Seats according to their Merit Rank. 
Counselling Admission Process in simple words: Students and college admission team are in a office room. First Rank student come, choose either normal seat or UGC seat and choose the preferred college, submit the Admission fee or documents and get admission. Then again 2nd rank student follow the same procedure according to Merit Rank. So the choice is of students to read either in UGC Seat or Normal Scholarship seat and the student can also choose the college. If UGC Seats are packed by top ten Rank students than there is no choice of UGC Seats in counselling for other students after merit rank 10.

Note : If you are a single minute late too in AFU Counselling mentioned date and time by AFU, you will lose your precious seat. So be punctual in Counselling Day.


Be on Hetauda Forestry Campus seminar Hall before 11 a.m. on Counselling day, Verify your documents there before 11 a.m. and be ready for Counselling at exactly 11 a.m. Don't be late for a single minute too that day. If any date change occurs due to COVID, we will post it in out App. Keep checking inside Entrance Notices and Result section.


भर्नाका लागि पेश गर्ने आवश्यक कागजात तथा प्रमाणपत्रहरु : 

यस वन विज्ञान संकाय, हेटौँडामा मिति २०७७/११/२४ गते भएको स्नातक तहको प्रवेश परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुको भर्नाको लागि Counselling कार्यक्रममा सम्मिलित हुने परीक्षार्थीहरुले तपशिलमा लेखिए बमोजिमका शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजातहरुको सक्कल तथा प्रतिलिपिहरु (२ प्रति) एवं भर्नाको लागि आवश्यक शुल्क समेत लिई आउन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । 
साथै शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजपत्रहरु आवश्यक भर्ना शुल्क अपुग भएको अवस्थामा यस संकाय सम्बन्धित विद्यार्थीहरुलाई भर्ना गर्न बाध्य हुने छैन ।

तपशिल
1. Citizenship
2. SLC/SEE Mark sheet
3. SLC/SEE Character Certificate
4. 10+2 Transcript
5. 10+2 Character Certificate
6. 10+2 Provisional Certificate
7. Quota को लागि सम्बन्धित निकायको सिफारिश पत्र
8. UGC को लागत साझेदारीको लागि स्थानिय निकायबाट प्राप्त सहमति पत्र
9. आवश्यक भर्ना शुल्कः
a. Merit तथा Quota हरुको लागि रु.६,१९५.५०
b. UGC: शुल्क नलाग्ने
Also Read : Details About UGC Scholarships in AFU
C. UDF: रु.१,००,०००।- + रु.६,१९५.५० = रु.१,०६,१९५.५०

साथै उक्त प्रमाणपत्रहरु (नेपाली नागरिकताको प्रमाणपत्र बाहेक) यस संकाय र अन्तर्गतका कलेजहरुमा पहिलो सत्र (First Semester) अवधिभर राखिनेछ । उक्त अवधि भित्रमा भर्ना भएका विद्यार्थीहरुले माग गरी सो प्रमाणपत्रहरु लिन पाउने छैनन् । साथै माथि उल्लेखित कागजातपत्रहरु मध्ये कुनै नपुगेमा सो विद्यार्थीको भर्ना लिईनेछैन । प्रतिलिपिहरुको सक्कलै प्रमाणपत्रहरु अनिवार्य रुपमा ल्याउनु र बुझाउनु पर्नेछ ।

स्टाफ कोटा (पूर्णशुल्कीय), स्थानीय कोटा (पूर्णशुल्कीय), University Development Fund (UDF) कोटा र नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयबाट मनोनयन भई विभागीय कोटा अन्तर्गत भर्ना हुने विद्यार्थीहरुको लागि नियमित भर्ना शुल्क बाहेक रु. २,५०,०००।- (दुई लाख पचास हजार रुपैंया) कायाम गरिएको छ । उक्त शुल्क मध्येको प्रथम किस्ता शुल्क रु. १,००,०००।- (एक लाख रुपैंया) बुझाई प्रथाम सेमेष्टरमा भर्ना हुनु पर्नेछ । साथै दोस्रो किस्ता रु. १,००,०००।- (एक लाख रुपैंया) तेस्रो सेमेष्टर र तेस्रो किस्ता शुल्क रु. ५०,०००।- (पचास हजार रुपैंया) पाँचौ सेमेष्टरको भर्ना समयमा बुझाई सक्नुपर्नेछ ।

सम्बन्धन प्राप्त कलेजले वन विज्ञान संकायले प्रकाशित गरेको मेरिट लिष्टबाट मेरिटको आधारमा भर्ना गर्नु पर्नेछ।
अन्य विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रमाणपत्र हासिल गरेका विद्यार्थीहरुले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नाम दर्ता (A.F.U. Registration) गर्ने समयमा Migration Certificate को सक्कलै प्रति अनिवार्य रुपले बुझाउनु पर्नेछ । यदि उक्त समयमा Migration Certificate नबुझाई A.F.J. Registration गर्न समस्या भएमा सो को जिम्मेवारी विश्वविद्यालयले लिने छैन ।

Contact Address :-
फोन नं. ०५७-५२४१५४, ५२७३५४
फ्याक्स नं.: ०५७-५२७३५४
Email: deanforestry@afu.edu.np
Web.: www.afu.edu.np




Previous Post Next Post