New App Notice!

B.Sc. Forestry (2077-081) IOF, TU, Pokhara Campus : General Capitation (Paying) and Quota Capitation 1st Admission Notice and Student List.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस
पोखरा, नेपाल

मिति : २०७७-१२-३१

स्नातक तह मा भर्नाको लागि साधारण क्यापिटेशन (General Paying) तथा समावेशी क्यापीटेशन (Quota Paying) सिटहरुको लागी छनौट भएका उम्मेदवारहरुको प्रथम सूची प्रकाशन सम्वन्धी सूचना



स्नातक तहको शैक्षिक शत्र २०७७१०६१ मा भर्नाका लागि बन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयको च.न. ३४८ मिति २०७७-१२-१० मा प्रकाशित प्रवेश परिक्षाको परिक्षाफलको योग्यताक्रमानुसार यस पोखरा क्याम्पस, पोखरामा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले यस क्याम्पसको मिति २०७७-१२-११ गते प्रकाशित सूचनानुसार मिति २०७७-१२-२७ गतेसम्म क्यापिटेशन (Paying Seats) (साधारण र क्यापिटेशन (समावेशी) सिटहरुमा भर्नाका लागि प्राप्त आवेदनहरुमा छानविन गरि प्रवेश परीक्षाको नतिजाको आधारमा तयार गरिएको योग्यताक्रम र प्राथमिकताकमानुसार क्यापिटेशन (साधारण) र क्यापिटेशन (समावेशी) सिटहरुमा संलग्न सूचिमा उल्लेखित उम्मेदवारहरुलाई भर्नाको लागि छनौट गरिएको छ । 
Note : Name List of selected students for Admission is available below in the photo.
Admission Deadline is Baisakh 05, 2078.

साथै क्यापिटेशन समावेशी सिटतर्फको स्टाफ सिटमा आवेदन प्राप्त नभएको हुँदा सो सिट क्यापिटेशन साधारण सिटमा गाभिएको छ । छानिएका उम्मेदवारहरुले मिति २०७४।०१।०५ गतेसम्म वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि. अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. १,५८,३२०/(रुपैया एक लाख अन्ठाउन्न हजार तिनसय विस मात्र) जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । 

सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भना लिइनेछ। भर्ना हुन आउंदा SEE/SLC र +2/I.Sc का सम्पूर्ण सक्कल छायाप्रति प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्नेछ । विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण अठा ठहरिएमा भर्ना रद्ध गरी त्रि वि. नियमानुसार कारवाही गरिने छ । 

सूची तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ। 
साथै विभागिय (Staff Seats) सिटमा बनोट भएका उम्मेदवारहरुको नामावली अर्को सूचिमा प्रकाशित गरिने ।

Total fee is 3 lakhs and Fee to be submitted at the time of Admission is NRs. 1,58,320.


Contact Address:
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल, 
पो.ब.नं. ४३, फोन नं. ०६१-४३०३६९/४३१०७७, 
Email : info@iofpc.edu.np


Name List of selected students for Admission In General Capitation:-
Name List of selected students for Admission In Quota Capitation:-
Full Notice in details:-
Previous Post Next Post